१५ असोज, २०७७ पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिकाले विद्यालय सञ्चालन गर्नको लागि मापदण्ड तयार पारेको छ । नेपाल सरकाले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७ जारी गरेसंगै नगरपालिकाले आजबाट विद्यालय सञ्चालन गर्नको लागि मापदण्ड तोकेको हो ।

विद्यालय सञ्चालन गर्नको लागि नगरपालिकाले २४ वटा मापदण्ड तोकेको बरिष्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्रत्येक विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड नियमित रुपमा पालना गरिएको हुनुपर्ने छ । सम्भव भए सम्म विद्यालयले नर्सिङ स्टेशनको व्यवस्थन गर्नुपर्ने छ । यस्तै विद्यार्थीले घरमै बनाईएको खानेकुरा खानुपर्ने छ ।

तोकिएका सबै मादिण्ड पुरा गरी आजबाट विद्यार्थी सिकाई सहजीकरण गर्न नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई आग्रह गरिएकोे बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।