१६ असोज २०७७
धुलिखेल । काभ्रेमा आज (शुक्रबार) १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखले नगरपालिकका ५ पुरुष र ३ महिला, पनौती नगरपालिकाका १ महिला, नमोबुद्ध नगरपालिकाका १ पुरुष, भुम्लु गाउँपािलकाका १ पुरुष र १ महिला रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ६ सय ७३ पुगेको छ । जसमा महिला २ सय ३९ जना र पुरुष ४ सय ३४६ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ४ सय ४६ रहेका छन् । जसमा महिला १ सय ७३ जना र पुरुष २ सय ७३ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या २ सय २० जना रहेका छन् । जसमा महिला ६० जना र पुरुष १६० जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय ४६ जना अस्पतालको आइसोलेशनमा र ७४ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा १० पुरुष र २ महिला र होम आइसोलेशनमा ३ महिला गरी १५ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ५ पुरुष र ६ महिला गरी ११ जनाको मृत्यु भएको छ भने जसमध्ये २३ पुरुष र २ महिला अन्य जिल्लाका रहेका छन् ।
यसैबीच महाभारत गाउँपालिकाका २८ वर्षिय १ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको हिजो मात्र कोरोना पुष्टि भएको थियो ।
आज निको भई डिस्चार्ज भएको संख्या १ रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















