१६ भदौ २०७७
धुलिखेल । हेलिकोप्टरबाट उपचारको लागि ल्याएका काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. २ कुपिन्टारको २८ वर्षीय एक पुरुषमा मृत्यु भएको दुई दिनपछि कोरोना पुष्टि भएको छ । उनको बुधबार विहान मृत्यु भएकोमा शुक्रबार मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य अवस्था जटिल भएपछि खानीखोला गाउँपालिका–३ स्थित एक मेडिकलमा उपचार गराइरहेका उनलाई असोज १४ गते कैलाश एयरको हेलिकवप्टर मार्फत् उद्धार गरी धुलिखेल समुदायिक अस्पतालमा ल्याएको थियो उनको अस्पतालमा आकस्मिक सेवामा उपचार गर्न नपाउँदै मृत्युको भएको थियो ।
उनका परिवारका सदस्यमा यसअघि कोरोना संक्रमण थिएन । मृतक पनि गाउँमा नै बस्दै आएका थिए । धुलिखेल स्पतालमा मृत्युको भएपछि पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले मृत्युपछि कोरोना पुष्टि भएकाले सम्पर्कमा आएका व्यक्तिको पीसीआर जाँच गरिने बताए ।
योसँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । बुधबार अस्पताल र्पुयाइएका उनलाई ज्वरो आएको थियो। छातीको घाउमा इफेक्शन भई कलेजो, फोक्सो र मुटुमा समेत पानी जमेकाले उपचारमा ढिलो भई मृत्यु भएको अस्पतालले जनाएको थियो । अस्पतालले उनको पिसिआर चेक गर्नु पर्ने बताउँदै स्वाब लिएको थियो ।
ज्वरो आएपछि उनलाई खानीखोला गाउँपालिका–३ भाङ्टारस्थित मेडिकलमा भर्ना गरिको थियो । तर मेडिकलमा ४ दिन राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गम्भीर रोग हुन सक्ने बताउँदै अस्पताल लैजान भनेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।