१७ असोज २०७७
धुलिखेल । काभ्रेमा आज (शनिबार) २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकका ७५ पुरुष र ५ महिला, पाँचखाल नगरपालिकाका १ पुरुष र १ महिला, मण्डनदेउपुर नगरपालिकाका १ पुरुष, चौंरीदेउराली गाउँपालिकाका १ पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ६ सय ९९ पुगेको छ । जसमा महिला २ सय ४९ जना र पुरुष ४ सय ५० जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ४ सय ४६ रहेका छन् । जसमा महिला १ सय ७३ जना र पुरुष २ सय ७३ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या २ सय ४६ जना रहेका छन् । जसमा महिला ७० जना र पुरुष १७६ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय ५९ जना अस्पतालको आइसोलेशनमा र ८७ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा १० पुरुष र १ महिला र होम आइसोलेशनमा २ महिला गरी १३ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ५ पुरुष र ६ महिला गरी ११ जनाको मृत्यु भएको छ भने जसमध्ये २ पुरुष र २ महिला अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।