१७ असोज २०७७
पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको २ वटा सडकको पिच शुरु भएको छ । पाँचखालको तामाघाट, श्रीरामपाटी हुँदै बोहोरेदोभान जाने सडक र समाजकल्याणबाट रामपुर जाने सडक पिच भइरहेको छ ।
शुक्रवार दुबै सडकको पाँचखाल नगर प्रमुख महेश खरेलले पिचको गुणस्तर परीक्षण गरे । तामाघाटबाट श्रीरामपाटी सम्मको २ किलोमिटर लम्वाई र ७ मिटर चौडाईको सडक बनेको छ । पाँचखाल नगरप्रमुख खरेलको पहलमा तत्कालिन भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले उक्त सडक निर्माणको लागि ४ करोड रुपैयाँ विनियोजन गरेका थिए । उक्त सडकको प्रदेज घिसिङ गणपति निर्माण सेवाले ठेक्का पाएको थियो ।
त्यस्तै पाँचखाल नगरपालिकाको बजेटमा समाजकल्याणबाट रामपुर जाने सडक पनि पिच भईरहेको छ ।
‘एक वडा एक पिच’को अवधारणा ल्याएको पाँचखाल नगरले पिच नपुगेको वडामा पनि चाँडैनै पिच बाटो पुर्याउने नगरप्रमुख खरेलले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।