१८ असोज २०७७
बनेपा । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँ पालिका वडा नम्बर २ लिदिका पहिरो पिडितहरुको लागि न्यानो कपडा वितरण गरेको छ । नेपाल तामाङ घेदुङ, वाग्मती प्रदेश कमिटीले पहिरो पीडित २८ घर धुरी का ९७ जनालाई न्यानो वितरण गरेको हो ।
बाँसखर्कको चिसोमा बस्न बाध्य पिडितहरुलाई ज्याकेट र टाउजर वितरण गरिएको थियो ।
नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश कमिटिमा रहेका पदाधिकारीहरुले संकलन गरेको रकमले उक्त सामाग्री खरिद गरि वितरण गरिएको अध्यक्ष लिलाकुमार घ्लानले जानकारी दिए ।
उक्त कार्यक्रममा वडा अध्यक्ष प्रताप लामाले सहयोगको लागि धन्यवाद दिएक थिए ।
राहत वितरण कार्यक्रममा प्रदेश घेदुङका अध्यक्ष घ्लान, उपाध्यक्ष मान ब. योञ्जन,सचिव हरिचन्द्र लामा, काभ्रे, कोषाध्यक्ष सरोज बल भक्तपुर, उपसचिव फूलकाजी स्याङबो सिन्धुपाल्चोक, समाजसेवी तारा सिन्तान मकवानपुरको सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















