१८ असोज २०७७
धुलिखेल । काभ्रेमा आज (आइतबार) २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बनेपा नगरपालिकाका ४५ वर्षिय पुरुषको मृत्यु भएको छ । उनको धुलिखेल अस्तालमा उपचारको कारण मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ४ पुरुष, पनौती नगरपालिकाका १ महिला २ पुरुष, पाँचखाल नगरपालिकाका २ पुरुष, रोशी गाउँपालिकाका १ पुरुष र ३ महिला र बनेपा नगरपालिकाका १० पुरुष र ५ महिला रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ७ सय २७ पुगेको छ । जसमा महिला २ सय ५९ जना र पुरुष ४ सय ६८ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ४ सय ४७ रहेका छन् । जसमा महिला १ सय ७४ जना र पुरुष २ सय ७३ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या २ सय ७२ जना रहेका छन् । जसमा महिला ७८ जना र पुरुष १ सय ९४ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय ५८ जना अस्पतालको आइसोलेशनमा र १ सय १४ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा १३ पुरुष र १ महिला र होम आइसोलेशनमा ३ महिला र १ पुरुष गरी १८ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ७ पुरुष र ६ महिला गरी १३ जनाको मृत्यु भएको छ भने जसमध्ये ३ पुरुष र २ महिला अन्य जिल्लाका रहेका छन् ।
निको भइ डिस्चार्ज हुनेको संख्या १ जना रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















