मुक्तक लामा
बर्ग बिभाजन, वर्गसंघर्ष र एकीकृत जनक्रान्ती विभिन्न विबिधता विच मानव समाजको विकास र रुपान्तरण्ले आज हामी मानव जाती विभिन्न वर्ग समाज, जात, रंगमा विभाजन हुन पुगेका छौ । केबल महिला, पुरुष र समलिंगीहरुको मात्रै विन्यासमा समाजमा पुर्याउनु र वर्ग विहिन समाजको निर्माण गर्नु अहिलेसम्मकै ठूलो चुनौतीपूर्ण हो । नेपाली समाजमा अहिले मुलभुत २ बर्गहरु छन र वर्गसंघर्ष यहिनेर केन्द्रित हुनु पर्छ भन्ने मेरो तर्क हो ।
१. श्रमजिवि वर्ग
क) किसानः विस्वले ९९ प्रतिशत किसान रहेको अवस्थालाई विभिन्न चरण, उपचरणका द्वन्द्व, क्रान्ति र आन्दोलनहरुले घटाउदै आफ्नो मुलुकहरूको सापेक्षतामा रुपान्तरण र्गयो र गरिएको छ । हाम्रो देशमा विभिन्न समयमा भएका आन्दोलन र संघर्ष अनि क्रान्तिका नाममा भएका वर्गसंघर्षले खास वर्गमा चेतना बाहेक अरु केही रुपान्तरण गर्न सकेन । धनी र गरिब विचको अवस्था झन बढी फराकिलो र पुर्न नसकिने खालको खाडल बनेर गइरहेको छ।देशको मुख्री उद्योग कृषिमा विकास र आधुनिकता मा हैन छोडेर र बाझिएको कारण त्यो वर्ग ९५ प्रतिशत, ९८ प्रतिशत हुँदै आज ६५ प्रतिशतमा सिमित हुन पुगेको छ । तर कृषिमा विकास र उत्पादन नबढे पछि नेपाली उपभोक्त भारत र चीन बाट आयत खाद्य सामग्री उपभोग गर्न बाध्य छ्न । अजको ६५ प्रतिशत किसान वर्गको नत सरकारमा पहुँच छ न सरकारले त्यो वर्गलाई लक्ष्यित गरि कुनै पनि कार्यक्रम ल्याउन नै सकेको छ । केही दलालहरुले त्यो किसानको नाममा ब्रम्हलुट मच्चाइरहेको छ । राणा, पन्चायत, राजा र निरंकुश विरुद्ध भएको संघर्सबाट आएको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्वाद कस्तो हुन्छ नेपाली जनताले थाहा पाएका छैनन ।
आज पनि किसानको आवस्था उस्तै छ । आजको संघर्स कि ६५ प्रतिशत किसानको उपस्थिति सत्तामा हुनुपर्छ भन्ने हो ।
ख) मजदुरः मजदुरहरुले नै लडेर ल्याएको गणतन्त्र र यसको सरकार झन्डै दुई तिहाइ छ, तर हिजो मजदुर वर्गलाई उपयोग गरेर सत्ताको बगडोर सम्हालेकाहरुको आफन्त, आसेपासे बाहेकलाई व्यवस्था फेरिनु र उहीँ रहनुमा कुनै अन्तर नभएको कुरा ले हरेक मजदुरहरुको मन मस्तिष्कमा ज्वाराभाटा दन्केको छ । सुख सयल र विलासितामा वर्गसंघर्षका नाममा नेताहरुले आफ्नै वर्गको स्वाभिमान र आत्मा सम्मान वेचेकोले वितृष्णा मात्रै होइन दलाल संसदिय व्यबस्था प्रती घृणा पैद हुन थालेको छ।
२०% मा रहेका मजदुर हरु वर्गसंघर्ष छोडेर आफ्नो जीवन गुजारा चलाउन घरपरिवारसँग समय बिताइरहेका छ्न । राजनीतिक परिवर्तनको कुनै कुराहरू उनिहरु सुन्न समेत चहदैनन । फलस्वरूप दलाल हरु ले अफ्नो एकलौटी वर्चस्व संसदिय व्यवस्था देखाइरहेका छ्न । उनिहरु पनि सरकार मा छैनन् । त्यही भएर ६५ प्रतिशत किसान र २० प्रतिशत मजदुर मिलेर आफ्नो वर्गमुक्ति को लागि ८५ प्रतिशत सर्बहारवर्ग दलाल पुजिपतीसंग वल प्रयोगकै सिद्धान्तद्वार ध्वस्त वनाएर समाजवादी व्यवस्था ल्याउन एक जुट भएर लड्नु पर्ने यो वर्गको आजको मुख्य कार्यभार हो ।
ग) निम्न मध्यम, राष्ट्रिय पूँजीपति वर्गहरु
यो देशमा हाल अहिले ५ प्रतिशत मात्रै राष्ट्रिय पँुजिपतिहरु छ्न । तर उनिहरुलाई वर्गसंघर्ष, समाज रुपान्तरण र परिवर्तनको कुनै आबश्यक्त छैन । यो वर्गले झन्डै ८५ प्रतिशत सर्बहारवर्गलाई आधारभुत बस्तुहरु दिलाएर लामो समयसम्म राख्न सक्छ । मैले भन्न खोजेको विषय के हो भने यदि रास्ट्रिय पुजिपती वर्गले क्रान्तिलाई सहयोग र्गयो भने क्रान्तिलाई समाजवादी व्यबस्थाको नयाँ उचाइ सँगै सर्वहारा वर्गकै पनि साथम लिएर जाने प्रमुख भुमिका खेल्न सक्दछ । वास्तम्बमा ८५ प्रतिशत सर्बहारा वर्ग र ५५ पँुजिपती वर्गको संयोजनले नै अहिलेको हाम्रो मानव समाजको श्रमजिवि वर्ग हो भनी परिभाषित गर्न उपयुुक्त हुन्छ । यो वर्ग नै अवको वर्गसंघर्षको प्रमुख शक्ति हो भनेर र यो ९० प्रतिशत शक्तिमा छ ।
२) पँुजिपतिवर्ग, दलाल पँुजिवाद, पुजीवादीहरुको उच्च चरणमा अर्थात चौथो उपयुग भुमण्ड्लिकृत पँुजीवादको चरण नै आज को चरण हो । अजको मानव समाजमा श्रमजिबि वर्गको प्रमुख दुश्मन नै दलाल पुँजिवाद हो यसले समजका उथ्पिडित वर्ग र समुदायलाई उनिहरुकै श्रम, सीप, क्षमतालाई मेसिन मार्फत अर्थात विज्ञान र प्रविधि प्रयोग मार्फत दास युगमा जस्तै उत्पादनको साधनका रुपमा र बजारका रूपमा प्रयोग गरिरहेका छ्न । उनिहरु समजमा रहेका हरेक साधन, श्रम, स्रोत र मानबिय श्रम, सिप र क्षमतालाई खरिद विक्री गर्ने क्षमता राख्दछ्न । त्यसैले उनिहरु उनिहरुको हात्म सत्ता वनाउने ढलाउने रिमोट रहेको हुन्छ ।
यसरी यो १० प्रतिशत दलाल पँुजिपती वर्गले ९० प्रतिशत श्रमजिबि माथी एक छत्र राज चलाइ रहेको हुन्छ्न । विचौलिया र कमिसन खोरी एजेन्ट हरुले दलालपुजिवादलाई सहयोग गरिरहेका हुन्छन् । उनिहरु समाजमा रहेका गरिब किसान, मजदुर र निम्न पुजिपती, मध्यम वर्ग र रास्ट्रिय पुँजिपती माथी दिन रात एकछत्र शासन चलाउन सफल भएको छ । यो लडाइँ नै अवको समाजवाद यात्रा को नयाँ तयारी हो यसरी लड्दै गर्दा श्रमजिबि वर्गको नक्कली रुपधारण गरेर दलालहरु घुसपैठ हुन सक्ने उत्तिकै खतरा छ यसमा हामिले नै बुज्नु पर्छ । र निम्न मधयम वर्गिय, रास्ट्रिय पुजिपती वर्गहरुको साथ र सहयोग लिएर समजवादी क्रान्तिको कार्यभार पूरा गर्नुपर्दछ ।
३) व्यपारिक पुँजिवाद, एअकाधिकार पँुजिवाद (बिस्तारवाद र साम्राज्यवाद यसको रुपहरु छ्न)
हामी सधैं हाम्रा कानहरु चनाखो राखौ, आँखाहरु खुल्ला राखौ र सचेतना हरेक चुल्होमा पुर्याउ विज्ञ, प्रबिधि दलालाका हातबाट खोसेर बैज्ञानिक समाजवादी सत्ता निर्माण गर्ने महान एकीकृत जनक्रान्ती को मार्गमा अघि बढौं ।
(लेखकः नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह) का काभ्रे जिल्ला नेता हुनुहुन्छ ।)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।