२१ असोज २०७७
धुलिखेल । काभ्रेमा आज (बुधबार) ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य धुलिखेल नगरपालिकामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ६ महिला र १२ पुरुष, पनौती नगरपालिकाका २ महिला २ पुरुष, पाँचखाल नगरपालिकाका ३ पुरुष र १ महिला, मण्डनदेउपुर नगरपालिकाका २ पुरुष र १ महिला, नमोबुद्ध नगरपालिकाका ३ पुरुष, रोशी गाउँपालिकाका ३ पुरुष र १ महिला र बनेपा नगरपालिकाका ७ पुरुष र ७ महिला रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ८ सय ७४ पुगेको छ । जसमा महिला ३ सय १० जना र पुरुष ५ सय ६४ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ५ सय ३२ रहेका छन् । जसमा महिला १ सय ८३ जना र पुरुष ३ सय ४९ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ३ सय ३४ जना रहेका छन् । जसमा महिला १ सय १९ जना र पुरुष २ सय १५ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय ४० जना अस्पतालको आइसोलेशनमा र १ सय ९४ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा १३ पुरुष र १ महिला र होम आइसोलेशनमा ७ महिला र २ पुरुष गरी २३ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ७ पुरुष र ६ महिला गरी १३ जनाको मृत्यु भएको छ भने जसमध्ये ३ पुरुष र २ महिला अन्य जिल्लाका रहेका छन् ।
निको भइ डिस्चार्ज हुनेको संख्या ८ जना रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















