२२ असोज २०७७
धुलिखेल । काभ्रेमा आज (विहिबार) २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज निको भई डिस्चार्ज भएको सँख्या ५१ रहेको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकाका १ पुरुष, मण्डनदेउपुर नगरपालिकाका २ पुरुष र १ महिला, नमोबुद्ध नगरपालिकाका १ पुरुष्, रोशी गाउँपालिकाका१ महिला र बनेपा नगरपालिकाका १० पुरुष र ७ महिला रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ८ सय ९७ पुगेको छ । जसमा महिला ३ सय १९ जना र पुरुष ५ सय ७८ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ५ सय ८३ रहेका छन् । जसमा महिला १ सय ९५ जना र पुरुष ३ सय ८८ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ३ सय ६ जना रहेका छन् । जसमा महिला १ सय १३ जना र पुरुष १ सय ९३ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय १० जना अस्पतालको आइसोलेशनमा र १ सय ९६ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा ४ पुरुष र १ महिला र होम आइसोलेशनमा ५ महिला र ३ पुरुष गरी १३ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ७ पुरुष र ६ महिला गरी १३ जनाको मृत्यु भएको छ भने जसमध्ये ३ पुरुष र २ महिला अन्य जिल्लाका रहेका छन्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















