२२ असोज २०७७
चौंरीदेउराली । काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रेशम प्रसाद चौंलागाईंले आफू, प्रभा बहुमुखी क्याम्पस र प्रभा माविको बारेमा गरेका प्रचार प्रति आपत्ति जनाएका छन् । स्थानीय काँग्रेस कार्यकर्ता तथा प्रभा माविका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भलाराज गिरीले गरेको अनर्गल प्रचार प्रति वडा अध्यक्ष चौंलागाईंले आपत्ति जनाएका हुन् ।
वडाबासीको नाममा सम्बोधन गर्दै जारी गरेको विज्ञप्ति अनुसार स्थानीय १८ जना सोझा साझा जनतालाई उक्साएर विद्यालय प्रति गरेको षड्यन्त्रको पछि नलाग्न समेत वडाबासीलाई चौंलागाईंले आव्हान गरेका छन् ।
‘विपक्षको नाममा जारी भएको म्याद वडामा तामेल गर्न अदालतबाट कर्मचारी आएकोमा वडाले हाम्रो वडा भित्र अस्तितवमा नरहेको संस्था तथा व्यक्तिको म्याद नबुझेको कुरालाई भ्रम फैलाई प्रभा स्कुल क्याम्पस र वडा कार्यालयलाई बदनाम गर्ने मनसायबाट समाचार सम्प्रेशन भएको हुँदा भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।’ वडा अध्यक्ष चौंलागाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै सामाजिक सञ्जालहरुमा सर्वोच्चलाई छल्न काभ्रको विद्यालय नै गायब भनि प्रचारबाजी गरिएको तर तामेली पत्रमा प्रभा उच्च मावि लेखिएको हाल प्रभा उच्च मावि नभई प्रभा बहुमुखी क्याम्पस र प्रभा मावि अस्तित्वमा रहेको हुँदा वडा कार्यालयबाट आधिकारीक म्याद तामेल नभएको विद्यालय र क्याम्पस सञ्चालक समिति नभै व्यवस्थापन समिति रहेको र सम्बन्धित व्यक्तिको नाम नागरिकता अनुरुप नभएकोले अदालतलाई सम्मान गर्दै म्याद तामेल नगरिएको कुरा जानकारी गराउन चाहन्छु ।’
यस्तो छ वडाध्यक्ष चौंलागाईंले जारी गरेको विज्ञप्तिः
आदर्णीय वडाबासी आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु
हाम्रो वडामा स्थित ऐतिहासिक प्रभा मावि र प्रभा बहुमुखी क्याम्पस र वडा कार्यालयको विषयमा विभिन्न अन्तलाईन तथा सामाजिक संजालहरुमा आएका विभिन्न भ्रमपूर्ण समाचारहरु प्रति आम वडाबासी र सरोकार वालाहरुमा यथार्थ प्रष्ट पार्न चाहन्छु । प्रभा मावि र क्याम्पसको विरुद्धमा पूर्वा अध्यक्ष भलाराज गिरीले २०७७ साल श्रावण ४ गते सर्वोच्च अदालतमा निर्माणाधिन कृषि उपज केन्द्रको भवन वदर गरि पाउँ भनि प्रभा मावि र प्रभा बहुमुखी क्याम्पसलाई मुद्दा दर्ता गरि सो मुद्दाको सर्वोच्च अदालतले निज गिरीले भने अनुसार आदेश जारी नभै हालसम्म विचाराधिन अवस्थामा रहेको छ । निज पूर्व अध्यक्षले भने अनुसार आदेश नभएपछि गाउँका सोझा साझा १८ जनालाई भ्रममा पारी पुनः २०७७ साल असोज ४ मा सर्वोच्चमा पहिले नै अदालतले अस्वीकार गरेको विषयमा मुद्दा दर्ता गराएकोमा सर्वोच्चबाट असोज १२ गते विपक्ष झिकाउन र छलफल गर्न आदेश भएको थियो ।
विपक्षको नाममा जारी भएको म्याद वडामा तामेल गर्न अदालतबाट कर्मचारी आएकोमा वडाले हाम्रो वडा भित्र अस्तितवमा नरहेको संस्था तथा व्यक्तिको म्याद नबुझेको कुरालाई भ्रम फैलाई प्रभा स्कुल क्याम्पस र वडा कार्यालयलाई बदनाम गर्ने मनसायबाट समाचार सम्प्रेशन भएको हुँदा भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।
साथै सम्मानित अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको हुँदा अदालतको मर्यादा गरिमा र प्रक्रियालाई उच्च सम्मान गर्न वडा कार्यालय, प्रभा स्कुल र क्याम्पस लागिरहने जानकारी गराउँछु । साथै सामाजिक सञ्जालहरुमा सर्वोच्चलाई छल्न काभ्रको विद्यालय नै गायब भनि प्रचारबाजी गरिएको तर तामेली पत्रमा प्रभा उच्च मावि लेखिएको हाल प्रभा उच्च मावि नभई प्रभा बहुमुखी क्याम्पस र प्रभा मावि अस्तित्वमा रहेको हुँदा वडा कार्यालयबाट आधिकारीक म्याद तामेल नभएको विद्यालय र क्याम्पस सञ्चालक समिति नभै व्यवस्थापन समिति रहेको र सम्बन्धित व्यक्तिको नाम नागरिकता अनुरुप नभएकोले अदालतलाई सम्मान गर्दै म्याद तामेल नगरिएको कुरा जानकारी गराउन चाहन्छु । बदनाम गर्ने उद्देश्यले पूर्व अध्यक्ष भलाराज गिरीलाई सार्वजनिक मिडियाहरुमा जथाभावी प्रचार नगर्न आग्रह गर्दछु ।
निर्माणाधिन कृषि उपज तथा संकलन केन्द्रमा भ्रष्टचार भएको भन्ने कुनै सत्यता नरहेको यदि सत्यता भए प्रमाण सहित उपस्थित हुन चुनौती दिन चाहन्छु । साथै निज गिरीलाई आफू अध्यक्ष हुँदा बखत तिर्नुपर्ने बेरुजु १ लाख ८५ हजार रुपैयाँ स्कुलले पटक पटक तिर्न आग्रह गर्दा उल्टै धम्क्याउने अवशब्द प्रयोग गर्ने गरेको तथ्य समेत जानकारी गराउन चाहन्छु । यस्ता गैर जिम्मेवार र अनैतिक व्यक्तिले मर्यादित निकायहरुलाई बदनाम गर्ने उद्देश्यले गरिएको झुट्टा प्रचारको पछि नलाग्द सबैमा हार्दिक अपिल गर्दछु ।
रेशम प्रसाद चौंलागाईं
वडा अध्यक्ष
मितिः २०७७ साल असोल २० गते

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।