२३ असोज २०७७
हेटौंडा । बागमती प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले प्रदेश प्रहरी मुख्यालयको भवन निर्माण स्थलको अवलोकन गरेका छन् । आज (शुक्रबार) मन्त्री जमकट्टेलले उक्त स्थलको अवलोकन गरेका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीका अनुसार जमकट्टेलले कार्यालयको निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधन गरेका थिए ।

निरीक्षण भ्रमणको क्रममा आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलको समेत सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुखले कार्यपत्र प्रस्तुत गरेका थिए । मन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारको बजेटबाट निकट भविष्यमा निर्माण हुने प्रदेश प्रहरी मुख्यालयको भवन निर्माण स्थलको अवलोकनका साथै प्रदेश प्रहरी कार्यालयको निरीक्षण भएको प्रवक्ता प्रहरी गिरीले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















