२३ भदौ २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ का सबै सडक दशैं अघि मर्मत भई सवारी साधन सञ्चालन हुने भएको छ । गत सोमबार वडा नं. ९ को वडा कार्यालयमा भएको भेलाले सडक मर्मत उपभोक्ता समिति गठन गरेपछि दशैंमा सवारी साधन सञ्चालनमा आउने भएको हो ।

सो दिन वडा अध्यक्ष चन्द्रबहादुर लामा (काजी)को उपस्थितिमा ६ वटा मर्मत उपभोक्ता समिति गठन भएको छ । दशैंमा घर पुग्न जनतालाई सहज होस भनी दशैं अघि सडक मर्मत गर्ने वडा अध्यक्ष लामाले जानकारी दिए । ‘सहज र सुरक्षित रुपमा जनतालाई घर जाने व्यवस्था वडाले गर्न लागेको छ ।’ उनले भने, ‘अब सडक मर्मत शुरु भयो ।’
उपभोक्ता समिति गठन भएका सडकहरुमा चोपाटार–पाथर–टार सडक, मैनाजाङ–गैरीगाउँ खत्रीगाउँ पौवा सडक, सवालदेव सडक, सावनेखोला छापगाउँ सडक, मुक्पाटार ठूलोगाउँ गैरीगाउँ सडक, नेपालथोक मुक्पाटार चोपाटार सडक रहेका छन् ।
सबै टोलबस्तीबाट स्थानीय जनताको बाग्लो सहभागीता रहेको उक्त भेलामा वडा सदस्यहरु टेकबहादुर थोकर, कान्छा लामा, रस्मिता भण्डारी, सचिव पवन ओलि लगायतका सहभागतिा रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।