२४ असोज २०७७
धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ४ मा मानव कल्याण समाजले सञ्चालन गर्न लागेको सेवा घर उद्घाटन भएको छ । उक्त सेवा घरको उद्घाटन एक कार्यक्रमका बीच धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले गरेका हुन् ।
बेवारीसे व्यक्तिको संरक्षण गर्नसेवा घर सञ्चालनमा आएको आयोजकले बताइएको छ । सडक पेटि तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपाङ्गता भएका, मनरोगी, बेवारीसे व्यक्तीहरुलाई उक्त मानव कल्याण समाज (सेवा घर)मा राखिने बताइएको छ ।

भक्तपुर जिल्लामा केन्द्रीय कार्यालय रहेको मानव कल्याण समाजको शाखा कार्यालय काभ्रेको धुलिखेलमा सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा चौलागाई, धुलिखेल नगरपालिका वडा न ४ का अध्यक्ष रविन्द्र कर्मचार्य, कलाकार सरिता लामिछाने, मानव सेवा समाजकी अध्यक्ष सुमित्रा चौलागाई लगायतले मन्तव्य राख्नुभएको थियो ।
संस्थाले परिवारमा पुनःमिलन गराउने, उत्प्रेरणात्मक तालिम, केही गर्न सक्ने भएर पनि अवसर नपाएर सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताईरहेकाहरुका लागि विभिन्न सिपमूलक तथा आयमूलक स्वरोजगारका तालिम सञ्चालन गरी आत्मनिर्भर बन्न प्रेरित गर्ने, स्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















