२५ असोज २०७७
धुलिखेल । काभ्रेमा आज (आइतबार) २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका ५० वर्षिय पुरुष रहेका छन् । उनको धुलिखेल अस्तपतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकका ६ पुरुष र २ महिला, पाँचखाल नगरपालिकाका ३ पुरुष र २ महिला, मण्डनदेउपुर नगरपालिकाका १ पुरुष, मण्डनदेउपुर नगरपालिकाका १ पुरुष, नमोबुद्ध नगरपालिकाका १ महिला, पनौती नगरपालिकाका ८ पुरुष र ६ महिला, बनेपा नगरपालिकाका ९ पुरुष र ५ महिला रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या १ हजार १ पुगेको छ । जसमा महिला ३ सय ६३ जना र पुरुष ६ सय ३८ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ५ सय ९३ रहेका छन् । जसमा महिला २ सय १ जना र पुरुष ३ सय ९२ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ३ सय ९९ जना रहेका छन् । जसमा महिला १ सय ५० जना र पुरुष २ सय ४९ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय १० जना अस्पतालको आइसोलेशनमा र २ सय ८९ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा ४ पुरुष र १ महिला र होम आइसोलेशनमा २ महिला गरी १३ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ८ पुरुष र ६ महिला गरी १४ जनाको मृत्यु भएको छ भने जसमध्ये ३ पुरुष र २ महिला अन्य जिल्लाका रहेका छन् ।
आज निको भई ८ जना डिस्चार्ज भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।