२५ आश्विन २०७७
काभ्रे । जिल्लाको विकट क्षेत्र महाभारत र चौरीदेउराली गाउँपालिकाका गर्भवती तथा सुत्केरी महिलाले अब निःशुल्क हवाई उद्धार सेवा पाउने भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारसम्बन्धी कार्यविधि, २०७७ लागु गरेसँगै दुई गाउँपालिकाका गर्भवती तथा सुत्केरी महिलाले उक्त सुविधा पाउने भएको हो ।
चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम र महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको विशेष पहलमा दुई पालिकाका गर्भवती तथा सुत्केरी महिलाले उक्त सेवा पाउने भएको छ ।
गर्भवती तथा सुत्केरी महिलाले समयमा उपचार नपाएकै कारण अब ज्यान गुमाउनु नपर्ने बताए । ‘अब गाउँपालिकाका गर्भवती तथा सुत्केरी महिलाले समयमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने छैन ।’ उनले भने, ‘वितगमा जनताले हेलिप्याडलाई एक लाखभन्दा बढी तिरेर विरामी उद्धार गुर्नु पर्ने अवस्था थियो, तर अब उद्धार गर्दा जनताले आफ्नो गोजीको रकम झिकेर दिनु पर्ने छैन ।’
यसअघि महाभार र खानीखोला लगायतका विकट क्षेत्रका जनताले लाखौँ तिरेर हेलिप्याडमार्फत् विरामीको उद्धार गर्नु पर्ने वाध्यत्मक अवस्था थियो । अब महाभारतका जनताले त्यो बाध्यत्मक अवस्थाबाट छुटकारा पाएको छ । तर खानीखोला गाउँपालिकामा भने त्यो अवस्था अझै हटेको छैन । उद्धार सम्वन्धी कार्यविधि २०७७ अनुसुची–२ को दफा ४ सँग सम्न्धित रहेर २९ जिल्लामा निःशुल्क उद्धार सेवा लागु भएसँगै काभ्रेका स्थानीय तहहरुमध्ये महाभारत र चौरीदेउराली गाउँपालिका पनि समावेस भएको हो ।
लगातार लामो प्रसव व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरीपश्चात अत्यधिक रक्तश्राव भएको अवस्थामा पूर्णरूपमा निःशुल्क हवाईसेवामार्फत उद्धार गरिने मन्त्रालयले जनाएको छ ।
त्यस्तै कार्यविधि लागु भएसँगै गाउँपालिकाका रक्तअल्पता भएका गर्भवती, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई अब सहजै रूपमा निःशुल्क हवाईसेवाबाटै उद्धार गर्न सकिने चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताए ।
गाउँपालिकाको अध्यक्ष जिम्बा र गौतमले मन्त्रालयमा पुगेर मन्त्री पार्वत गुरु ङसमक्ष गाउँपालिकाको भौगोलिक अवस्थाको जटिलतासँगै सडक सञ्जालसमेत सहज पहुँच नहुँदा गर्वभती तथा सुत्केरी महिलाले ज्यान गुमाउनु परेकोले उनीहरुको निशुल्क हवाई उद्धारको लागि व्यवस्था गरिदिन आग्रह गरेको थिए । सोही अुनसार मन्त्रालयले महभारत र चौरीदेउराली गाउँपालिकाका गर्वभती तथा सुत्केरी महिलाको निशुल्क हवाई उद्धारको व्यवस्था गरेको हो ।
महिलालाई पोषण स्याहार तथा यातायतको लागि बीस हजार
गाउँपालिका अध्यक्ष जिम्बाको अनुसार निशुल्क हवाई उद्धार भएका गर्भवती तथा सुत्केरी महिलाले पोषण स्याहार तथा यातायात खर्चको लागि बीस हजार समेत पाउने जानकारी दिए । उनको अनुसार हवाई उद्धार गरिएकी गर्भवती तथा सुत्केरी महिलाले पोषण स्याहार तथा यातायातको लागि सहयोग स्वरुप बीस हजार पाउने छन् ।
कार्यविधि बमोजिम हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी ज्यान जोखिममा परेकी महिलालाई पोषण स्याहार तथा यातायातको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीस हजार सहयोग उपलब्ध गरिनेछ ।
तर कार्यविधिमा जुनसुकै कुरा लेखिएता पनि सरकारी निवृतिभरण प्राप्त गर्ने व्यक्ति तथा सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारीको हकमा भने यो सुविधा लागु नहुने मन्त्रालयले जनाएको छ ।
उद्धारको प्रावधान कस्तो छ ?
हवाई उद्धार गरिएकी महिलाको नागरिकताको प्रमाणपत्र, स्थानीय तहको हवाई उद्धार समन्वय समितिको बैठकको निर्णय र स्थानीय स्वास्थ्य संस्थाको प्रमुख सहितको सिफारिसपत्र मन्त्रालयमा पेश गर्नुपर्ने प्रावधान छ ।
विकट तथा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएको पायक पर्ने अस्पतालमा पु¥याउन हेलिप्याड निकै प्रभावकारी हुने महाभारत र चौरीदेउरी गाउँपालकाले जनाएको छ ।
आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला