२६ असोज २०७७
धुलिखेल । काभ्रेको धुलिखेल स्थित काठमाडांै विश्वविद्यालयका प्राध्यापकहरुको साझा संस्था काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशन सम्पन्न भएको छ । अधिवेशन आइतबार अनलाइन मार्फत सम्पन्न भएको हो ।
अधिबेशनमा प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका पुर्ब कुलपति एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले भिडियो सन्देश मार्फत महामारीको अवस्थामा समेत डिजिटल प्रविधिबाट आफ्नो नियमित पठनपाठन र अधिवेशन सम्पन्न गरी अरुलाई समेत उदाहरण पेश गरेकोमा प्राध्यापक संघको कार्यको प्रशंसा गरे । देउबाले विश्वविद्यालयका पदाधिकारीलाई आफ्ना कमिकमजोरी सच्चाएर आगाडी बढ्न जोड दिए ।
त्यसैगरी काठमाडौं विश्वविद्यालयका पुर्ब कुलपति एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बिशेष शुभकामना पत्र पठाएका थिए । पूर्व प्रधानमन्त्री दाहालले विश्वविद्यालयले कायम गरेको शैक्षिक गुणस्तरमा विश्वविद्यालयका प्राध्यापकहरुको अथक मेहनत र परिश्रम रहेको बताए ।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थताका कारण कार्यक्रममा सहभागि हुन नसके पनि शुभकामना सन्देश पठाएका थिए । उनु भएको थियो र त्यसमा शैक्षिक क्यालेन्डरलाइ ब्यवस्थित गराउन प्राध्यापकहरुको महत्वपूर्ण भूमिका रहने विचार ब्यक्त गरे ।
विशेष अतिथिका रुपमा यस अधिबेशनलाई नास्टका उपकुलपति डा. सुनिल श्रेष्ठ र नेपाल प्राध्यापक संघका प्रा. डा बुद्घ बहादुर थापाले सम्वोधन गरेका थिए ।
विश्व विद्यालय अनुदान आयोगका सदस्य, विभिन्न विश्वविद्यालयका प्राध्यापक संघहरु, वैचारीक प्राध्यापक संघहरु, काठमाडौं विश्वविद्यालय सभाका सदस्य, काठमाडौं विश्वविद्यालय कार्यकारी परिषदका सदस्य, कर्मचारी संघ, प्राध्यापक, विद्यार्थी तथा सञ्चारकर्मी विच सम्पन्न भएको थियो । कार्यक्रमको सभापतित्व डा.बेदमणि दाहालले गरेका थिए ।
अधिबेशनमा निर्वाचन समितिले तयार गरेको विद्युतीय मतदान प्रक्रिया मार्फत केन्द्रिय कार्य समितिको सभापतिमा प्रा. डा. बिबेक बराल, महासचिबमा डा. बिकास अधिकारी लगायत ७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । स्कूल इकाइ हरुमा निर्विरोध सभापतिहरुको चयन भएको छ । काठमाडौ विश्वविद्यालयका प्राध्यापकहरुले नै विकास गरेको सफ्टवयरबाट मतदान भएको हो ।
बिगतमा काठमाण्डौ विश्वविद्यालयसँग भएका सहमति कार्यन्यवन गराउने तथा विश्वविद्यालयको गुणस्तर वृद्धि गर्दै अध्ययन अध्यापन र अनुसन्धानमा देशकै प्रमुख गन्तब्य बनाउन पहल गर्नु नव निर्वाचित कार्यसमितिको उदेश्य रहेको प्राध्यापकहरुको भनाइ रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















