२६ असोज २०७७
धुलिखेल । काभ्रेमा आज (सोमबार) ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी बनेपा नगरपालिकामा १५ जना संक्रमित भेटिएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकाका २ पुरुष र ३ महिला, बनेपा नगरपालिकाका ८ पुरुष र ७ महिला, पनौति नगरपालिकाका २ पुरुष र १ महिला, मण्डनदेउपुर नगरपालिकाका २ पुरुष १ महिला, नमोबुद्ध नगरपालिकाका १० पुरुष रोशी गाउँपालिकाका १ पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या १ हजार ३८ पुगेको छ । जसमा महिला ३ सय ७९ जना र पुरुष ६ सय ५९ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ६ सय ९ रहेका छन् । जसमा महिला २ सय ९ जना र पुरुष ४ सय जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ४ सय २० जना रहेका छन् । जसमा महिला १ सय ५९ जना र पुरुष २ सय ६१ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय २७ जना अस्पतालको आइसोलेशनमा र २ सय ९३ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा ४ पुरुष र १ महिला र होम आइसोलेशनमा ५ महिला र ३ पुरुष गरी १३ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ८ पुरुष र ६ महिला गरी १४ जनाको मृत्यु भएको छ भने जसमध्ये ३ पुरुष र २ महिला अन्य जिल्लाका रहेका छन् ।
आज डिस्चार्ज हुनेको संख्या १६ रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















