तस्बीरः रोशी गाउँपालिका वडा नं. ११ का वडा अध्यक्ष मिलन तामाङको फेसबुक वालबाट
२६ असोज २६
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ११ धारापानी कालीदेविमा एक ९ वर्षिय बालिका झुण्डीएको अवस्थामा फेला परेको छ । घरमा कोही नभएको बेला उनलाई झुण्डीएको अवस्थामा फेला पारेको हो ।
मृत अवस्थामा भेटिएका उनी स्थानीय पदम बहादुर किङरीङको छोरी ९ वर्षिय प्रमीला किङरीङ रहेको ईलाका प्रहरी कार्यलय, मंगलटारका इन्स्पेक्टर शेखर खड्काले जानकारी दिए ।
मृतक प्रमिलालाई २ वर्षको बच्चा हेर्न लगाइ बावु आमा काममा गएको बेला बालिकाले घर भित्र पासो लगाई झुण्डीएको हुन सक्ने इन्सपेक्टर खड्काका अनुसार बताए ।
किङरीङको लास पोष्ट मार्टमको लागि जिल्ला पठाईएको र थप नतिजा आउन बाँकि रहेको खड्काले जानकारी दिए । मृतक किङरीङ सोहि वडाको पोक्रा माविमा कक्षा ४ मा अध्ययनरत थिईन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।