२७ असोज २०७७
धुलिखेल । काभ्रेमा आज (सोमबार) ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी धुलिखेल नगरपालिकामा २२ जना संक्रमित भेटिएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकाका १२ पुरुष र १० महिला, बनेपा नगरपालिकाका ९ पुरुष र १० महिला, पनौति नगरपालिकाका २ पुरुष र १ महिला, मण्डनदेउपुर नगरपालिकाका ६ पुरुष ६ महिला, नमोबुद्ध नगरपालिकाका १ पुरुष, पाँचखाल नगरपालिकामा १ पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या १ हजार ९५ पुगेको छ । जसमा महिला ४ सय ६ जना र पुरुष ६ सय ८९ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ६ सय २० रहेका छन् । जसमा महिला २ सय १४ जना र पुरुष ४ सय ६ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ४ सय ६६ जना रहेका छन् । जसमा महिला १ सय ८१ जना र पुरुष २ सय ८५ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय २६ जना अस्पतालको आइसोलेशनमा र २ सय ४० जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा ३ पुरुष र १ महिला र होम आइसोलेशनमा ५ महिला र ३ पुरुष गरी १२ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ८ पुरुष र ६ महिला गरी १४ जनाको मृत्यु भएको छ भने जसमध्ये ३ पुरुष र २ महिला अन्य जिल्लाका रहेका छन् ।
आज डिस्चार्ज हुनेको संख्या ११ रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















