२८ असोज २०७७
हेटौंडा । वागमती प्रदेश सरकारले काभ्रेका टिकाबल्लब सापकोटालाई बागमती प्रदेश दुग्ध विकास बोर्डको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको छ । बाग्मती प्रदेश सरकार मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले सापकोटालाई कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा लामो समय काम गरि अवकास भएका सापकोटा काभ्रेमा रहेको सेती देवी दुग्ध उत्पादक सहकारी संस्थाको संस्थापक अध्यक्ष हुन् ।
सहकारी क्षेत्रका अभियन्ता सापकोटा केन्द्रिय दुग्ध सहकारी संघमा पनि लामै समय देखि विभिन्न पदिय जिम्मेवारीमा सक्रिय रुपमा रहँदै आएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















