२ कार्तिक २०७७
धुलिखेल । काभ्रे जिल्लामा कोरोना भाईरस संक्रमित बढ्दै गएपछि सरकारी कार्यालयबाट दिंदै आएको सेवाहरु बन्द गरिएको छ । जिल्लामा ५ भन्दा बढी सक्रिय संक्रमित पुगेपछि कोभिड–१९ विपद व्यवस्थापन केन्द्र काभ्रेको शनिबार बसेको बैठकले अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।
बैठक प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको संयोजकत्वमा बसेको थियो । काभ्रेमा शनिवार ५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितका संख्या ५ सय ४४ जना पुगेकोछ ।
केन्द्रको बैठकले जिल्ला अन्तर्गत बढी भिडभाड हुने सेवा प्रदायक सरकारी कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सबै सेवा आजबाट अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
त्यसैगरि बैठकले हिन्दुहरुको महान चाड वडादशैंमा घटस्थापनादेखि नवरात्रभर विभिन्न शक्तिपीठ तथा मन्दिरहरुका साथै स्थापना गरिने दुर्गामा भवानीको पण्डालमा सर्वसाधारणहरुको भिड हुन दिने जिल्लका सबै शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजा बाहेक दर्शनका लागि सर्वसाधारणहरुको प्रवेश निषेध गर्न सम्बन्धित स्थानीय तहहरु र सरोकारवाला सबैमा अनुरोध समेत गरेको छ ।
त्यस्तै आसन्न चाडपर्वलाई ध्यानमा राखि स्थानीय पालिकाहरुको समन्वयमा सडक पेटी वा अव्यवस्थित तरिकाबाट सञ्चालन भएको पसल व्यापार व्यवसाय सञ्चालन गर्न नदिने, संक्रमण फैलिदै गएको हुनाले नागरिकहरु जहाँ बसेका छन त्यहि ठाउँमा चाडपर्व मनाउन समेत अनुरोध गरेको छ ।

यस्तो छ निर्णयः

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।