खोलाले बगाउँदा बालकको मृत्यु
२ कार्तिक २०७७
काठमाडौं । कैलालीमा मोटरसाईकल गस्तिमा खटिएका प्रहरीको हत्या भएको छ । शनिवार साँझ ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडाबाट ड्युटी गएका एकजना प्रहरीको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले रातोपाटीलाई बताए ।
जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र जवान राम बहादुर साउन मोटरसाईकल गस्तिमा निस्किएका थिए ।
उनीहरुमध्ये एक जनाको शव मोहना खोलामा फेला परेको छ । घोप्टो परेको अवस्थामा भेटिएको शव निकाल्न बाँकी रहेको र शव पहिचान भइनसकेको एसएसपी सिंहले बताए ।
बिहानसम्म ड्युटीबाट नफर्केपछि खोजी गर्दा शव फेला परेको हो । शव फेला परेको ठाउँ नेपाल–भारत सिमना नजिकै पर्छ । तस्कर समूहले हत्या गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान शुरु गरेको छ ।

Comments

comments