२ कार्तिक २०७७
धुलिखेल । काभ्रेमा आज आइतबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै आज डिस्चार्ज भएको संख्या पनि ३३ रहेको छ भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा बनेपा नगरपालिकाका ५ महिला र ५ पुरुष, मण्डनदेउपुर नगरपालिकाका २ पुरुष र १ महिला, पनोती नगरपालिकाका ७ पुरुष र १० महिला, पाँचखाल नगरपालिकाका १ पुरुष र १ महिला र बेथाचोक गाउँपालिकाका १ पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या १२ हजार ४३ पुगेको छ । जसमा महिला ४ सय ६७ जना र पुरुष ७ सय ७६ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ६ सय ८६ रहेका छन् । जसमा महिला २ सय ४३ जना र पुरुष ४ सय ४३ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ५ सय ४४ जना रहेका छन् । जसमा महिला २ सय १४ जना र पुरुष ३ सय ३० जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय ४८ जना अस्पतालको आइसोलेशनमा र ३ सय ९६ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा ३ पुरुष र १ महिला र होम आइसोलेशनमा ५ महिला र ३ पुरुष गरी १२ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट १२ पुरुष र ८ महिला गरी २० जनाको मृत्यु भएको छ भने जसमध्ये ४ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।
आज मृत्यु भएका व्यक्ति भक्तपुर जिल्ला घर भई धुलिखेल अस्पतालमा उपचाररत ५२ वर्षिय महिला रहेको स्वास्थ्य कार्यालय प्रमुख झाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















