४ कार्तिक २०७७
पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेमा रहेको जोरपाटी माविको निर्माण सम्पन्न भवन हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमकाबीच वागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले एक कार्यक्रमका बीच बिद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहेकासांसद लम्सालले नीजि विद्यालयहरुको भन्दा राम्रो, आधुनिक, गुणस्तरिय शिक्षा सामुदायिक विद्यालयले दिनसके बिद्यार्थीको ओइरो लाग्ने बताउँदै अबको सार्वजानिक शिक्षामा सुधार गर्दै जानुपर्नेमा जोड् दिए । जोरपाटी माध्यमिक विद्यालयमा विद्यार्थीको संख्या बढाउने कार्य भएमा शिक्षक दरबन्दीको व्यवस्था आफुले मिलाईदिने बचन दिए ।
लम्सालले पाँचखालमा रहेको पाँचखाल प्राथमिक केन्द्रलाई प्रदेश स्तरिय अस्पताल बनाउने तयारीमा रहेको जानकारी दिए ।
दुलालथोकमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरिय अस्पताल बनाउने बिषयमा आफु निरन्तर रुपमा लागेको र आगामी बर्ष भित्र प्रदेश स्तरिय अस्पतालको लागि प्रक्रिया बढिसकेको बताए ।
०७२ मा आएको भुकम्पले गर्दा क्षति पुगेका सम्पुर्ण विद्यालयहरु अवको २ बर्षभित्र सुबिधा सम्पन्न आधुनिक भवन निर्माण भईसक्ने र भौतिक संरचनाले मात्रै गुणस्तरिय शिक्षा हासिल नहुने भएकोले सुबिधा सम्पन्न भवनमा गुणस्तरिय शिक्षा दिन आवस्यक रहेको सांदस लम्सालले बताए ।
वि.व्य.स. समितिका अध्यक्ष भोगराज पन्तको सभापतित्वमा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति काभे्रका उप—प्रमुख मञ्जु गौतम, पाँचखाल शिक्षा शाखा अधिकृत उदय कोईराला, लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवाली, इञ्जिनियर भेषराज पोखरेल, पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, आजाद माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रल्हाद प्रसाद तिमल्सिनाले लगायतले भनाइ राखेका थिए ।
उक्त विद्यालय भवन एसियाली बिकास बैकको ऋण अनुदानमा पुन निर्माण गरिएको १२ कोठे बिद्यालय ५ करोड ६० लाख ८८ हजार लागतमा पुन निर्माण गरिएको बिद्यालयले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।