४ कार्तिक २०७७
धुलिखेल । काभ्रेमा आज आइतबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । त्यसैगरी निको भई डिस्चार्ज भएको संख्या ७१ रहेका छन् ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा बनेपा नगरपालिकाका ४ महिला र ६ पुरुष, मण्डनदेउपुर नगरपालिकाका २ पुरुष, पनौती नगरपालिकाका ५ पुरुष र ५ महिला, पाँचखाल नगरपालिकाका १ महिला, तेमाल गाउँपालिकाका १ पुरुष र १ महिला र धुलिखेल नगरपालिकाका १ महिला र ५ पुरुष रहेका छन् ।
कोराना भाइरस संक्रमण भइ मृत्यु हुनेमा पाँचखाल नगरपालिकाकी १ महिला रहेको डा. झाले जानकारी दिए ।
यससँगै काभ्रेमा संक्रमित संख्या १३ सय १५ पुगेको छ । जसमा महिला ४ सय ९८ जना र पुरुष ८ सय १७ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ७ सय ७३ रहेका छन् । जसमा महिला २ सय ६४ जना र पुरुष ५ सय ९ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ५ सय २८ जना रहेका छन् । जसमा महिला २ सय १७ जना र पुरुष ३ सय ११ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय ४ जना अस्पतालको आइसोलेशनमा र २ सय ४७जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा १ पुरुष र होम आइसोलेशनमा ३ महिला र ४ पुरुष गरी ८ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट १२ पुरुष र ९ महिला गरी २१ जनाको मृत्यु भएको छ भने जसमध्ये ४ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।