६ कार्तिक २०७७
बनेपा । काभ्रे जिल्लको बनेपाको व्यस्त बजार चारदोबाटोबाट स्कुटर चोरी भएको छ । कृष्णप्रसाद अस्पतालको परिसरमा पार्किङ गरिएको अवस्थामा रहेको बा ५३ प ९०४ नम्बरको रातो प्लेजर स्कुटर चोरी भएको हो ।
उक्त स्कुटर चोरी गत असोज ३ गते सोमबार राती १०ः४५ बजे चोरी भएको थियो ।
उक्त स्कुटर कृष्णप्रसाद अस्पतालमा कार्यरत डा. रोशन पोख्रेलको नाममा रहेको छ । सिसि क्यामेराको फुटेजमा चेक गर्दा एक जना व्यक्ति बाटोमा छेउभित्ता गर्दै मदिराको तालमा आएको आभास हुने गरी स्कुटर राखेको ठांँउमा गएको देखिन्छ । स्कुटर चोरी गरि गल्लिको बाटो हुँदै बनेपाको बसपार्क तर्फ लागेको क्यामेराको फुटेजले देखाएको छ ।
स्कुटर चोरी भएपछि प्रहरीमा खबर गरेको डा. पोख्रेलले जानकारी दिए । स्पष्ट रुपमा चोरीमा संलग्न व्यक्ति सिसि क्यामरा मार्फत थाहा पाए पनि पक्राउ भने भएको छैन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















