२६ कार्तिक २०७७
महाभारत । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा नेपाली काँग्रेस र विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महाभारत गाउँ पार्टीले आयोजना गरेको चियापान, शुभकामना आदनप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, वागमती प्रदेश सह–इनचार्ज तथा पूर्व मन्त्री हितबहादुर तामाङले स्वागत गरेका थिए ।

नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रेवश हुनेमा गत स्थानीय तहमा नेपाली कांग्रेसबाट वडाध्यक्षका लागि उम्मेदवार समेत रहेका पदमध्वज तामाङ, १० बर्षसम्म प्रधानपन्च चलाएका शम्भु कुमार राना, वडा उपसभापति कुलमान घिसिङ लगायत १६८ जनाले पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्ने नव प्रवेशीहरुलाई नेकपाले लिएको समृद्धिको अभियानमा जोडीएकोमा धन्यवाद दिंदै स्वागत गरेका थिए । साथै तामाङले नवप्रवेशीहरुलाइ पार्टीले उचित जिम्मेवारी समेत दिने बताए ।

कार्याक्रममा नेकपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सह–ईन्चार्ज एवं पूर्व मन्त्री तामाङ, पुर्व उर्जा राज्यमन्त्री तथा नेकपाका बाग्मती प्रदेश सचिवालय सदस्य सुर्यमान दोङ –लालध्वज), नेकपाका जिल्ला अध्यक्ष रुकु चौलागाई, सचिव टोक बहादुर वाईबा, प्रदेश सांसद रत्न ढकाल, प्रदेश कमिटि सदस्य ईन्द्र बहादुर थिङ, जिल्ला कमिटि सदस्य इन्द्र तामाङ, महाभारत गा.पा.का अध्यक्ष कान्छालाल जिम्बाको उपस्थिति रहेका थिए ।
कार्यक्रम नेकपाका जिल्ला सदस्य सुजन लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।