२६ कार्तिक २०७७
खानीखोला । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका नेपाली काँग्रेसका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । बुधबार नेकपा खानीखोला वडा नं. ७ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनीहरु काँग्रेस परित्याग गर्दै नेकपामा प्रवेश गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा वागमती प्रदेश सचिवालय सदस्य तथा सांस गंगाबहादुर तामाङ (बमध्वज)ले नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।
सो वडामा मंगल बहादुर स्याङतानको नेतृत्वमा ३२ जनाले नेपाली कांग्रेस परीत्याग गरि नेकपामा प्रवेश गरेका थिए । नेपाली काँग्रेसले जनतालाई आश्वसन मात्र दिने काम मात्र गरेकोले आफूहरु नेकपामा प्रवेश गरेको नवप्रवेशी स्याङतालन बताए । ‘काँग्रेसलाई विश्वास गरेर हामीले ठूलो भूल गरेको रहेछ । डाँडापारीका जनतालाई आश्वसन मात्र दिंदै आएको रहेछ ।’ स्याङतानले भने, ‘अब हामी आश्वसनमा रहन सक्दैनौं, विकास, समृद्धिको काम नेकपाले मात्र गर्ने रहेछ भन्ने विश्वास लागेकोले हामी नेकपामा प्रवेश गरेका हौं ।’
कार्यक्रममा नेपाल कम्यनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश कमिटीको सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य सांसद गंगा बहादुर तामाङ –बमध्वज), पार्टी प्रदेस कमिटी सदस्य एवं सभासद रामहरि सुवेदी, प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ), नेकपा काभ्रे जिल्ला सदस्य दैवलाल घिसिङ (अनुशिल), पार्टीका नेता शेखर लामा, गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल, उपाध्यक्ष रुक्मीणी गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















