२७ कार्तिक २०७७
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), काभ्रेका जिल्ला सदस्य उज्ज्वल लामाको मंगलबार निधन भएको छ । नर्भिक अस्पतालमा उपचारको क्रममा लामाको निधन भएको हो ।
लामाको बुधबार तामाङ संस्कार अनुसार स्वयम्भूमा दहसंस्कार गरेको छ । दहसंस्कार अघि नेकपा, काभ्रेले श्रद्धाञ्जली अर्पण गरेको थियो ।
श्रद्धाञ्जली अर्पण गर्न नेकपाका केन्द्रिय सदस्य तथा वागमती प्रदेश सह–इन्चार्ज हितबहादुर तामाङ, पार्टीका वागतमी प्रदेश सचिवालय सदस्य सूर्यमान दोङ, जिल्ला अध्यक्ष रुकु चौंलगाईं, वागमती प्रदेश सांसद रत्न ढकाल लगायतका नेताहरु स्वयम्भू पुगेका थिए । श्रद्धाञ्जली अर्पण गर्दै पार्टी केन्द्रिय सदस्य तामाङले आफ्नो पार्टीले एक होनहार नेता गुमाएको बताउँदै देश, जनता र पार्टीको लागि अपुरणीय क्षति पुगेको बताए ।
काभ्रेको रोशीमा जन्मेका लामा लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी थिए ।

Comments

comments