२७ कार्तिक
महाभारत । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा गाँजा फडानी गरि नष्ट गर्न शुरु गरेको छ । पालिकाको वडा नं. ८, घर्तिछापबाट प्रहरीले बुधबारदेखि गाँजा फडानी गरी नष्ट गर्न शुरु गरेको हो ।
गाँजा फडानी गरि नष्ट गर्न शसस्त्र प्रहरी वल, जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट खटिएको जनपद प्रहरी र इलाका प्रहरी कार्यालय, देवीटारका प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीय जनताको संयुक्त सहभागीता रहेका थिए । अवैध रुपमा खेती गरेका हजारौं संख्यामा रहेको गाँजाको विरुवा नष्ट गरेको छ ।
यो अभियानलाई तिहार पछाडीदेखि गाउँपालिका भरि नै सञ्चालन गर्ने जनाइएको छ । गाँजाका कारण स्थानीय युवाहरु विशेष गरि विद्यार्थीहरु कुलतमा फस्ने क्रम बढेपछि स्थानीय जनताले गाँजा नष्ट गर्न प्रहरीलाई अनुरोध गर्दै आएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















