२८ कार्तिक २०७७
धुलिखेल । काभ्रेमा आज (शुक्रबार) ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा बनेपा नगरपालिकाबाट ७ महिला, ५ पुरुष, धुलिखेल नगरपालिकाबाट ४ महिला, ४ पुरुष, पनौती नगरपालिकाबाट ५ महिला, ६ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ३ महिला, २ पुरुष, पाँचखाल नगरपालिकाबाट १ पुरुष र चौंरीदेउराली गाउँपालिकाबाट १ पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या २ हजार २ सय ४ पुगेको छ । जसमा महिला ८ सय ९६ जना र पुरुष १३ सय ८ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा १६ सय ३७ रहेका छन् । जसमा महिला ६ सय २३ जना र पुरुष १ हजार १४ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ५ सय ४० जना रहेका छन् । जसमा महिला २ सय ४८ जना र पुरुष २ सय ९२ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य ४३ जना अस्पतालको आइसोलेशनमा र ४ सय ९७ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि काभ्रे जिल्लामा कोरोना संक्रमणबाट २८ पुरुष र १२ महिला गरी ४० जनाको मृत्यु भएको छ भने जसमध्ये १० पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।