३ मंसिर २०७७
धुलिखेल । काभ्रे जिल्लामा आज २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार शुन्य संक्रमित हुन सफल काभ्रेमा आज २ जना मात्र संक्रमित थपिनुको साथै ३२ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै जिल्लामा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पनौतीका ८७ वर्षिय पुरुष रहेकोमा उनको मृत्यु आज भएको हो भने र बनेपाका ८४ वर्षका पुरुष रहेकोमा उनको भने हिजो मृत्यु भएको स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए । झाका अनुसार अनीहरुको उपचार बनेपा स्थित सिरमेमोरियल अस्पताल, बनेपामा भइरहेको थियो ।
छन् ।
झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखले नगरपालिकाका १ पुरुष र १ महिला रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या २२ सय ४७ पुगेको छ । जसमा महिला ९ सय १३ जना र पुरुष १३ सय ३४ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा १७ सय ६६ रहेका छन् । जसमा महिला ६ सय ८३ जना र पुरुष १ हजार ८३ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ४ सय ४८ जना रहेका छन् । जसमा महिला २ सय १७ जना र पुरुष ३ सय ११ जना रहेका छन् । जसमा महिला २ सय ५ र पुरुष २ सय ४३ रहेका छन् । सक्रिय संक्रमितहरु मध्य ३० जना अस्पतालको आइसोलेशनमा र ४ सय १८ जना होम आइसोलेशनमा रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ३४ पुरुष र १३ महिला गरी ४७ जनाको मृत्यु भएको छ भने जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















