४ मंसिर २०७७
धुलिखेल । काभ्रे जिल्लामा आज ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज जिल्लामा ३५ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ७ पुरुष र ४ महिला, बनेपा नगरपालिकाका ८ महिला र १८ पुरुष, पनौती नगरपालिकाका १ महिला र ३ पुरुष, पाँचखाल नगरपालिकाका २ महिला र ३ पुरुष, रोशी गाउँपालिकाका २ पुरुष र मण्डनदेउपुर गनरपालिकाका १ महिला र १ पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या २२ सय ९७ पुगेको छ । जसमा महिला ९ सय २९ जना र पुरुष १३ सय ६८ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा १८ सय १ रहेका छन् । जसमा महिला ६ सय ९५ जना र पुरुष १३ सय ६८ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ४ सय ६३ जना रहेका छन् । जसमा महिला २ सय ९ जना र पुरुष २ सय ५४ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १७ जना अस्पतालको आइसोलेशनमा र ४ सय ४६ जना होम आइसोलेशनमा रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ३४ पुरुष र १३ महिला गरी ४७ जनाको मृत्यु भएको छ भने जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।