५ मंसिर २०७७
धुलिखेल । काभ्रे जिल्लामा आज ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज जिल्लामा ६४ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ७ पुरुष र ५ महिला, बनेपा नगरपालिकाका २ महिला र ९ पुरुष, पनौती नगरपालिकाका ३ महिला र ५ पुरुष, पाँचखाल नगरपालिकाका १ महिला र १ पुरुष, मण्डनदेउपुर गनरपालिकाका १ महिला र १ पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या २३ सय ३३ पुगेको छ । जसमा महिला ९ सय ४४ जना र पुरुष १३ सय ८९ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा १८ सय ६५ रहेका छन् । जसमा महिला ७ सय २१ जना र पुरुष ११ सय ४४ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ४ सय ३५ जना रहेका छन् । जसमा महिला १ सय ९८ जना र पुरुष २ सय ३७ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १७ जना अस्पतालको आइसोलेशनमा र ४ सय १८ जना होम आइसोलेशनमा रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ३४ पुरुष र १३ महिला गरी ४७ जनाको मृत्यु भएको छ भने जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

Comments

comments