चितवनमा मेरो निर्वाचन क्षेत्रअन्तरगत पर्ने राप्ती नगरपालिकामा शनिबार पार्टीको नगर कमिटी बैठक आयोजना गरिएको थियो । त्यहाँ मलाई अतिथिका रुपमा निम्त्याइएको थियो । प्रधानमन्त्रीजीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलकी भाइबुहारी प्रभा बराल यस नगरपालिकाको मेयर हुनुहुन्छ । उहाँ बैठकमा आउँदा ८।१० जना केटाहरु पनि उहाँसँगै आए ।
अरुले आसन ग्रहण गरिरहेका थिए, मेयरलाई वीचमा आसन ग्रहणका लागि नाम लिँदा ती केटाहरुले पर्रर ताली पिटे । उहाँलाई बोल्न उद्घोषकले बोलाउँदा पनि पर्रर ताली पिट्दै थिए । बैठकस्थलमा कानेखुशी पनि गर्दैथिए । यसबाटै उनीहरु किन आएका हुन् भन्ने बुझिन्थ्यो ।
मैले बैठकको उदघाटन सत्रमा बोल्ने क्रममा पार्टीको कार्यदलले कसरी काम र्गयो भन्ने कुराहरु राखें । पुष्पलाल होस् या मदन भण्डारीको नाममा, कुनै पनि फाउन्डेसनहरु नबनाउने, त्यसले पार्टीभित्र गुटबन्दीको आधार बन्यो भन्ने हामी कार्यदलका सबैको सहमति हो भन्ने कुरा मैले राखें । यो कुरा हामीले दस्ताबेजमा लेख्यौं, स्थायी कमिटीले निर्णय र्गयो र यो अहिले पार्टीको निर्णय नै भइसक्यो र सबै सदस्यका वीचमा सर्कुलर पुग्या छ । म यिनै कुराहरु भन्दै थिएँ, उनीहरु नारा लगाउन थाले ।
उनीहरुले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाए ।
नाराबाजी भएपछि मेयर पनि आत्तिन थाल्नुभयो । उहाँलाई अरु साथीहरुले तिनीहरुलाई ल्याएर यहाँ होहल्ला गराउने भन्दै गरेको सुनेको थिएँ । त्यसपछि उहाँ झन् आत्तिनुभयो । मचाहिँ उनीहरुले हल्ला गरुञ्जेल हाँसेर बसिरहें ।
मेरो भाषण सकिएको थियो । त्यसपछि अध्यक्षले बोल्ने सेसन अन्त्य गर्नुभयो । १ बजे भरतपुरको अर्को कार्यक्रममा जानुपर्ने थियो, हामी त्यहाँबाट हिँड्यौं ।
यसरी नारा लगाउने अगुवा को थिए त भन्दा चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया । सुरजका बुबा जगन्नाथजी अहिले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार हुनुहुन्छ ।
नाराबाजीको अगुवाइ गर्ने सुरजका ससुरा दाबा लामा पनि वागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री हुनुहुन्छ । उनै मन्त्रीका ज्वाइँको अगुवाइमा त्यहाँ नारा लगाउने काम भयो ।
मन्त्री दावाजीकै पीए प्रकाश कालाखेती भन्ने पनि नारा लगाउने समूहमा थिए । दाबाका छोरा पनि त्यहाँ संलग्न रहेको साथीहरुले बताएका छन् । त्यस्तै, केदार आचार्यलाई पनि मैले चिनें । अरु ४रजनालाई मैले देखेर पनि एकरदुईजनाको नाम बिर्सिएँ, अरु तीनरचारजना मैले नचिनेका भर्खरका केटाहरु थिए ।
यो अत्यन्तै गैरराजनीतिक व्यवहार हो । पार्टीको बैठकमा ती नगर कमिटीका सरोकारवाला पनि होइनन् । जगन्नाथको छोरो त अर्को नगरपालिका, खैरहनीको मान्छे हो । राप्ती नगरपालिकाको नगर कमिटीको मान्छे पनि होइन । ऊ त्यहाँको सरोकारवाला मान्छे पनि थिएन ।
यस्तो गैरराजनीतिक व्यवहार गर्नेहरुलाई अनुशासनको कारवाही गर्नुपर्छ । यस्ता मान्छेलाई बोकेर ‘पुस’ गर्ने जुन प्रवृत्ति छ, त्यो पनि गलत कुरा छ । यस्ता व्यक्तिहरुलाई कारवाही गर्नुर्पयो । यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्नु गलत हो । नेताकै आफन्तहरुलाई त झन् नेताहरुले सम्झाउनुर्पयो नि । केपी कमरेडलाई भेट्दाखेरि बा भनेर हातमा ढोग्नेहरु हुन् उनीहरु । अनलाईन खबरबाट साभार
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।