९ मंसिर २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ३ का युवाहरुलाई शिपमुलक तालिम सञ्चालन भएको छ । वडा नं. ३ का ३० जना युवाहरुलाई आजदेखि स्वरोजगार बनाउने उद्देश्यले प्लाम्बर तालिमको आयोजना गरेको हो ।
तालिमको गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले एक कार्यक्रमका बीच उद्घाटन गरेकी छिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष तामाङले ९० दिनसम्म चल्ने यो तालिम युवाहरुको लागि धेरै खुशीको कुरा र सुवर्ण अवसर रहेको बताइन् । ‘युवाहरुको लागि यो तालिम खुशीको कुरा पनि हो र सुवर्ण अवसर पनि हो ।’ तामाङले भनिन्, ‘विदेशमा गएर दुःख गर्नु भन्दा त यहाँ नै सीप सिकेर केही गर्नु राम्रो कुरा हो । त्यसकारणले तेमाल गाउँपालिकाले के कस्तो सहयोग गर्नु पर्ने हो सहयोग गर्न तयार छ ।’

नेपाल युथ फाउन्डेशनका प्रोग्राम मेनेजर मदन खड्काले देशको विभिन्न ठाउँमा सिप मुलक कार्यक्रम संचालन भैइरहेको र तेमालमा पनि शुरु गर्न पाउँदा खुशी लागेको बताउदै तालिम पुरा भएपछि रोजगारको लागि चिन्ता लिनु नपर्ने विश्वास दिलाए ।
अल्कापुरी संस्था नामक सामाजिक संस्थाको सहकार्यमा उक्त तालिम सञ्चालन भएको वडा अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । तालिम ९० दिन सम्म चल्ने वडा अध्यक्ष तामाङले जानकारी दिएका छन् ।  तामाङले वडाको विकासको लागि विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउन अझै पहल गरिरहेको बताए ।
वडाध्यक्ष तामाङले वडामा रहेका बेरोजगार युवाहरुलाई सिपको तालिम दिएर रोजगार दिलाउनका लागि आफु तयार रहेको बताए ।

Comments

comments