९ मंसिर २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा मेलमिलापकर्ताहरु र न्यायिक समिति बीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सोमबार पोखरी नारायणस्थानमा तेमालका सबै वडाका मेलमिलाप कर्ता र न्यायिक समितिबीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
न्यायिक समितिका सदस्य तथा वडा नं. ६ का वडा अध्यक्ष विकुलाल मोक्तानका अनुसार तेमाल गाउँपालिकाको समन्वय र प्राकृतिक स्रोत द्वन्द्व रुपान्त्रण केन्द्र नेपालको आयोजनामा उक्त कार्यक्रम भएको थियो ।
‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने मुल नाराका साथ सामुदायिक मेलमिलाप सम्बन्धि गाउँपालिका स्तरिय अभ्यास आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम भएको वडा अध्यक्ष मोक्तानले जानकारी दिए ।
कार्यक्रममा तेमालमा द्वन्द्व निराकरणका लागि के के चुनौती, न्यायिक समिति र सामुदायिक मेलमिलाप केन्द्रहरुबीचको निरन्तर सम्बन्ध कायम कसरी गर्ने भन्ने विषयमा छलफल भएको वडा अध्यक्ष मोक्तानले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, ६ नं. वडा अध्यक्ष मोक्तान, प्राकृतिक स्रोत द्वन्द्व रुपान्त्रण केन्द्र नेपालका जिल्ला संयोजक उमा थापा, फिल्ड अफिसर गीता सिलवाल, तेमाल गाउँपालिकाका सबै वडाका सामुदायिक मेलमिलाप केन्द्रका संयोजकहरु तथा मेलमिलापकर्ताहरुको सहभागीता रहेका थिए ।

Comments

comments