९ मंसिर २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रिय सदस्य रामकुमारी झाक्रीले नेकपा भित्रका जति पनि नेताहरुले फुली पाएका छन् ती सबै प्रचण्डले गर्दा पाएको बताएकी छिन् । एक अन्तरवार्तामा केन्द्रिय सदस्य झाँक्रीले उक्त कुरा बताएकी हुन् ।
‘आजको समयमा राजनीतिक अस्तित्वमा रहेर जतिले बर्दिफुली लगाउन पाएका छन् त्यसमा प्रचण्डको योगदान रहेको छ ।’ झाँक्रीले भनिन्, ‘ इतिहासमा प्रचण्डको योगदान नभएको भए सम्भवतः त्यो सम्भव हुने थिएन ।’
प्रचण्ड स्वीकारदा र नस्वीकारदा अथवा मान्दा र नमान्दा पनि एउटा जबरजस्त नेता भएको उनले बताइन् । ‘आज अस्तित्वमा भएर बर्दिफुली लाउनेहरू प्रचण्डको योगदान बिना कोही भएका होइनन्’ उनले भनिन्, ‘त्यस कारण प्रचण्डप्रति प्रहार गर्दा हेक्का राखौं । इतिहासमा र आज प्रचण्ड जबरजस्त नेता हो र उहाँ गेम मेकर, चेन्जर, प्लेयर सबै हो । अहिलेका पात्रहरू प्रचण्डको सहयोग विना भएका होइनन् ।’
प्रचण्डमा केही कमजोरी रहेको भए पनि इतिहासले उनको भूमिकाले जबरजस्त नेता बनाएको झाँक्रीले बताइन् । जनआन्दोलनपछि जति व्यक्तिले देशको नेतृत्व गर्न पाए त्यो सम्भव प्रचण्डको योगदानका कारण भएको उनको टिप्पणी छ । केही कमजोरीले अहिलेको महत्त्वपूर्ण राजनीतिकमा एक मेकर हुनबाट च्युत भएपनि जसलाई चाह्यो त्यसलाई बनाउन सक्ने खेलाडी प्रचण्ड हुन् भन्ने इतिहास सत्य भएको झाँक्रीले बताइन् ।
अहिलेको परिवर्तनको मुख्य संवाहक प्रचण्ड भएको उनले बताइन् । ‘प्रचण्डले ज्यानको बाजी थापेर युद्ध नलडेको भय यिनीहरूलाई राजा ज्ञानेन्द्रले नख्खुको जेलमा कहिले ननिस्कने गरी कोची रहेको हुन्थे । अहिले जो जोले जे जे पद पाएका छन् त्यो सब प्रचण्डको कारण सम्भव भयको हो। खोलो तर्ने र लौरो फल्नेलाई म भन्न चाहन्छु खोला फेरी पनि आउन सक्छ र तर्नु पर्छ याद गर्नुस् । अहिलेको बर्दी र फुली बाट नामात्तिनुहोस,’ उनले भनिन् ।

Comments

comments