९ मंसिर २०७७
धुलिखेल । काभ्रे जिल्लामा आज ३ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला र जिल्ला बाहिरका विभिन्न समयमा कोरोना संक्रमण भएका विवरण अध्यावधि गरे अनुसार आज काभ्रेमा उक्त संख्यामा संक्रमित संख्या पुगेको हो ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज मात्र संक्रमण पुष्टि भएको संख्या भने ३५ रहेको छ भने अध्यावधि गरेको संख्या भने ३ सय ५ रहेका छन् ।
आज पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका १ पुरुष, बनेपा नगरपालिकाका ६ महिला र ५ पुरुष, पनौती नगरपालिकाका ५ महिला र ६ पुरुष, पाँचखाल नगरपालिकाका २ महिला र २ पुरुष, खानीखोला गाउँपालिकामा १ पुरुष रहेका छन् ।
त्यसैगरि विभिन्न मितिमा काभ्रे भन्दा बाहिरका प्रयोगशालामा जाँच गर्दा पुष्टि भएको संक्रमितहरुमा बनेपा नगरपालिकाका ४४ महिला, ६२ पुरुष, धुलिखेल नगरपालिकाका १३ महिला, २० पुरुष, पनौती नगरपालिकाका १३ महिला, ३२ पुरुष, पाँचखाल नगरपालिकाका ६ महिला, १७ पुरुष, नमोबुद्ध नगरपालिकाका ३ महिला, १५ पुरुष, मण्डनदेउपुर नगरपालिकाका ३ महिला, १८ पुरुष, भम्लु गाउँपालिकाका ६ महिला, ११ पुरुष, रोशी गाउँपालिकाका २ महिला, ५ पुरुष, बेथानचोक गाउँपालिकाका २ महिला, ६ पुरुष, तेमाल गाउँपालिकाका ५ महिला, १० पुरुष, खानीखोला गाउँपालिकाका १ पुरुष, चौंरीदेउराली गाउँपालिकाका १ महिला, ८ पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या २६ सय ६१ पुगेको छ । जसमा महिला १ हजार ९६ जना र पुरुष १६ सय ६५ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा २३ सय ५० रहेका छन् । जसमा महिला ९ सय ७ जना र पुरुष १४ सय ४३ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ३ सय ७५ जना रहेका छन् । जसमा महिला १ सय ६४ जना र पुरुष २ सय ११ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १४ जना अस्पतालको आइसोलेशनमा र ३ सय ६१ जना होम आइसोलेशनमा रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ३७ पुरुष र १३ महिला गरी ५० जनाको मृत्यु भएको छ भने जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।
आज पनि बनेपाको शिरमेमोरियल अस्पतालमा ७७ वर्षिय बनेपाका पुरुषको मृत्यु भएको डा. झाले जानकारी दिए ।

Comments

comments