९ मंसिर २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सदस्यले बुझाएको राजनीतिक प्रतिवेदन प्रदेश र जिल्ला तहसम्म पठाइएको छ। पार्टीभित्रको विवादबारे तल्लो तहसम्म बहस सिर्जना गराउने उद्देश्यले तल्लो तहसम्म प्रतिवेदन पठाइएको हो।
अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई बैठकको सहमति खोज्दै लिखित पत्र बुझाएपछि नेकपामा ‘पत्र युद्ध सुरु भएको थियो।
अध्यक्ष दाहालसहितको बहुमतको सदस्यले बैठकको माग गरेपछि प्रधानमन्त्री ओलीले लिखित रुपमा नै त्यसको जवाफ फर्काएका थिए। त्यसको प्रतित्युर अध्यक्ष दाहालले कात्तिक २८ सचिवालयको बैठकमा दिएका थिए। प्रधानमन्त्री ओलीले आफूमाथि आरोप लगाएको भन्दै अध्यक्ष दाहालको पत्रको उत्तर फर्काउने तयारी गरिरहेका छन्।
त्यसो त अध्यक्ष दाहालले उक्त प्रतिवेदन फिर्ता नगरेसम्म पार्टी एकताको बाँकी काम बढ्न नसक्ने ओली खेमाको नेताहरु बताउँदै आइरहेका छन्। तर, अध्यक्ष दाहाल पनि त्यो प्रस्ताव फिर्ता नहुने अडानमै छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















