काभ्रेपलाञ्चोक । समाजसेवी टेकराज मोक्तानले काभ्रेको चौरीदेउराली गाउँपालिकाका विभिन्न वडाहरुमा धर्म क्षोच्युदेव पुस्तक वितरण गरेका छन् ।
यहि मंगलबार चौरी वडा न. २ का वडाकार्यालय अगाडि एक कार्यक्रम गरी समाजसेवी मोक्तानले प्राचीन अनुवाद एकमातृ गुरु संघ नेपालद्धारा प्रकाशित गरिएको धर्म क्षोच्युदेव पुस्ताक विभिन्न गुम्बा,म्हाणि समुह र शिक्षकहरुको सहभागितामा धार्मिक छ्योई पुस्तक वितरण गरेका थिए ।
पुरातात्त्विक इैतिहासिक पुर्व ६ गुम्बा मध्यको चौरीदेउराली गाउँपालिकाको वडा न. २ नाग्रे बाजखेतको श्री टासी कुन्सालिङ गुम्बा परिवार, श्री टासी छ्योइफेल गुम्बा परिवार रजबास, श्री टासी थार्पेलिङ गुम्बा चलाखु र शृजनाशिल म्हाणी छोक्पा समुह लगाएत धर्म लामागुरुहरुलाई पुस्तक क्षोच्युदेव छ्योई हस्तान्तरण गरिएको थियो ।
क्षोच्युदेव छ्योई प्राचीन अनुवाद एकमातृ गुरु संघ नेपाल सस्थाका अध्यक्ष राजन कुमार तामाङ सोनमबाट निःशुल्क उपलब्ध गराइएको थियो । अध्यक्ष सोनामले पुस्ताकको सहि सदुपयोग होस् र ज्ञान आर्जन गर्न सकियोस् भन्दै सबै
धर्मवलम्विहरुलाई मित्रहरुलाई शुभकामना दिएका थिए।
समाजसेवी मोक्तानले सबै गुम्बाको प्रमुख लामा र छ्योई ग्रहण गर्नेहरुलाई अहिले विश्व नै कोरोना महामारीको चपेटामा रहेकाले यो धार्मिक छ्योई पाठ पुजा राम्रो संग अध्ययन गरिए बौद्ध परम्परा विश्वास अनुसार सम्पुर्णामा सुख शान्ति हुने,रोग व्याधि हटेरा जाने धार्मिक विश्वास रहेकोे बताए । साथै उनले कोरोना स्वस्थ्य सुरक्षा सामाग्री समेत सहभागी सबैलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा टासी कुन्साङ्लिङ गुम्बाका पुर्व अध्यक्ष सेरफ दोर्जे लामा र शृजनाशिल म्हाणि समुहको सदस्यहरुले यस्तो धार्मिक छ्योई पाएकोमा धेरै पुन्यको कार्य भएको बताएका छन्।
समाजसेवी मोक्तानले यस्तै धार्मिक प्रशिक्षण, नि ः शुल्क शिक्षाको प्रशिक्षण र धार्मिक संस्कार संस्कृतिबारे विभिन्न गाँउ बस्तिबस्ति पुग्दै विगत केहि वर्ष देखि कार्यक्रम सन्चालन गर्दै आएका छन् ।





















