१९ मंसिर २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिस्ठ नेता माधवकुमार नेपाल पक्षधर विद्यार्थीहरुको राजधानी काठमाडौंमा भेला सम्पन्न भएको छ । करिव तीन सय जनाको सहभागिता रहेको भेलामा स्थायी समिति सदस्यद्वय पम्फा भुसाल र अस्टलक्ष्मी शाक्य तथा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व विद्यार्थी नेता लेखनाथ न्यौपाने, रामकमारी झाँक्रीसहितको सहभागिता थियो ।
स्थायी समिति सदस्य पम्फा भुसालले पार्टीमा अहिले भएको विवादको समाधान सहमतिबाट खोज्नुपर्ने नभए लेनिनवादी संगठनात्मक पद्धतिअनुसार अल्पमत र वहुमतको विधिको आधारमा टुंग्याउनुपर्ने र त्यसका लागि युवा विद्यार्थीहरुले सक्रियता देखाउनुपर्ने बताइन ।
अर्की स्थायी समिति सदस्य अस्टलक्ष्मी शाक्यले केपी ओली पार्टीको पनि एक नम्बर अध्यक्ष भन्ने र पार्टीलाई विधिमा हिंड्न नदिने, पार्टी वैठकबाट भाग्ने, सरकारको काम पनि प्रभावकारी नहुने, भ्रष्टचारीहरुको संरक्षण गर्ने, च्याप्ने भन्दै हिजो राजतन्त्रविरुद्धको आन्दोलनमा बयलगाडा चढेर अमेरिका पुगिदैंन भनेर आन्दोलनकारीको विरोध गर्दा अखिलका विद्यार्थीहरु सडकमा गणतन्त्रको माग गर्दै गर्दा प्रहरीहरुको लाठी खाइरहेको स्मरण गराउँदै शाक्यले आफूले विरोध गरेको व्यवस्थालाई असफल पार्न कतै केपीले प्रणालीलाई नै असफल गराउने त होइन भन्दै विद्यार्थीहरुलाई सचेत रहन आग्रह गरिन ।
पूर्व विद्यार्थी नेता लेखनाथ न्यौपाने र रामकुमारी झाँक्रीले हिजो पार्टीभन्दा विद्यार्थीहरु आन्दोलनमा अगाडि लागेको बताउँदै गलत प्रवृत्तिका विरुद्ध खबरदारी गर्दै आगामी दिनमा आउनसक्ने चुनौतीको डटेर सामना गर्न तयार रहनुपर्नेमा जोड दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।