२५ मंसिर २०७७
नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.७ मा रहेको जगवैश्वर महादेव त्रिवेणीधाम मन्दिरको पाटी–सत्तल शिलान्यास भएको छ । मंगलवार एक कार्यक्रमका बीच वागमती प्रदेश उद्योग, वन तथा वातावरण मन्त्री अरुण नेपालले उक्त पार्टी–सत्तल शिलान्यास गरेका हुन् ।
कार्यक्रमको आयोजना श्री जगवैज्येश्वर त्रिवेणीधाम संरक्षण तथा नदी नियन्त्रण उपभोक्ता समिति नमोबुद्ध नं.पा. ७ काभ्रेले गरेको थियो ।
उक्त कार्यक्रममा वागमती प्रदेश सांसद रत्न ढकाल, नगरप्रमुख टि.पी. शर्मा तिमल्सिना, नगर उप–प्रमुख रामदेवी तामाङ, वडा नं.७ का वडाध्यक्ष धर्म सिं लामा, वाडा नं. ६ का वडाध्यक्ष कुल प्रसाद न्यौपाने, वडा नं. ४ का वडाध्यक्ष उद्धव प्रसाद काफ्ले लगायत अन्य समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वागमती प्रदेश उद्योग, वन तथा वातावरण मन्त्री नेपालले बाग्मती प्रदेशको राजधानी राख्ने क्षमता रहेको भकुण्डेबेशिको मुटुमा रहेको मन्दिरको पाटी–सत्तल शिलान्यास गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । त्यसै गरी वागमती प्रदेश सभास सदस्य सांसद रत्न ढकालले यस खालको त्रिवेणीधाम कमै मात्रमा रहेका हुनाले यसको संरक्षण सम्बद्र्धन गर्दै पर्यटकीय स्थलको रुपमा स्थापित गराउन सकिने भएकाले यो ऐतिहांसिक पवित्र धार्मिक स्थलको विकासका लागि सक्दो सहयोग गर्ने बताए ।
यसै क्रममा उपभोक्ता समितिका सल्लाहकार तथा वडाध्यक्ष धर्म सिं लामाले यस त्रिवेणीधाम क्षेत्र हिन्दु तथा बौद्ध धर्मको संगमस्थल रहेकाले धार्मिक क्षेत्रको विकासमा ठुलो टेवा दिने कुरा बताएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।