२७ मंसिर २०७७
धुलिखेल । काठमाडौंबाट तेमाल गाउँपालिकाको केन्द्र नारायणस्थानमा पुग्न अब काडमाडौं बस्ने तेमालबासीहरुलाई सहज हुने भएको छ । पुरानो बसपार्कबाट बनेपा हुँदै नारायणस्थानमा विहान १० बजे पुग्ने बस चल्ने भएपछि गाउँपालिका केन्द्र पुग्न सजिलो भएको हो ।
त्यति मात्र होइन, गाउँपालिकामा कुनै सेवा लिन जानको लागि सोही दिन काठमाडौं आउन समेत सजिलो हुने भएको छ । उक्त बस मेच्छे पौवा पुगेर फेरि काठमाडौं फर्किने भएपछि झनै सजिलो भएको छ ।
रेम्बो यातायात प्रा.लि.ले उक्त बस सञ्चालनमा ल्याएको हो । काठमाडौमा बस्ने तेमालबासी र तेमाल घुम्न जाने पर्यटकहरुको समस्यालाई समेत मध्यनजर गरी बस सञ्चालनमा ल्याएको रेम्बो यातायात प्रालिका सञ्चालक पुष्पलाल तामाङ (जगत)ले बताएका छन् । एकैदिन तेमालसम्मको यात्रा गरी फेरि सोही दिन काठमाडौंमा फर्किन अब कुनै समस्या नहुने सञ्चालक तामाङले बताए ।
‘काठमाडौंमा रहेका तेमालबासीहरु गाउँपालिकामा कुनै सेवा लिनुपरेमा धेरै समस्या झेलेको गुनासो सुनेको छु । बस्ने ठाउँको समेत अभावले गर्दा कतिपय मान्छेहरु अलपत्र परेको पनि देखेको छु ।’ उनले भने, ‘तेमाल घुम्न आउने पर्यटकहरुलाई तेमाल घुम्न आउन महंगो पर्ने र बास बस्न समेत समस्या छ । त्यसैले सेवा लिने मान्छेहरु र पर्यटकहरुलाई समेत ध्यानमा राखेर यो बस सञ्चालनमा ल्याउन लागेको हो ।’
तामाङका अनुसार औपचारिक रुपमा पुष १ गतेदेखि सुपर बस सञ्चालनमा आउने भएको छ । पहिलो पटक १ वटा मात्र बस सञ्चालनमा आउने तर पछि बस थप्दै जाने उनले जानकारी दिए ।
यस्तो छ गाडी छुट्ने समय
काठमाडौं पुरानो बसपार्कबाट विहान ५ः४५ बजे छुट्ने बस सञ्चालक तामाङले जानकारी दिएका छन् । त्यस्तै विहान ७ः१५ बजे बनेपा बसपार्क पुग्ने छ भने विहान ठीक १०ः०० बजे तेमाल गाउँपालिकाको केन्द्र नारायणस्थानमा पुग्ने छ । दिउँसो १२ः३० बजे मेच्छे पौव पुगेर दिउँसो १ः३० बजे मेच्छेपौवाबाट काठमाडौंको लागि बस छुट्ने छ भने फेरि नारायणस्थान ४ बजे आइपुग्नेछ । साँझ ६ः१५ बजे बेनपा, र ७ः१५ बजे पुरानो बसपार्क आइपुग्ने उनले बताएका छन् ।
विस्तृत जानकारीका लागि पोते तामाङको मोबाइल नं. ९८४१४६२४५९ वा ९८०३३२८१५३ र पुष्पलाल तामाङको मोबाईल नं. ९८५१२०१४३७ मा सम्पर्क गर्न सकिने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।