२९ मंसिर २०७७
भुम्लु । काभ्रेको भुम्लु गाउँपालिका वडा नं. ३, बेगसिम्लेका अग्नी पिडित शिव भुजेललाई आर्थिक सहयोग गरेको छ । उनलाई भुजेल सेवा समाज, काभ्रेले आर्थिक सहयोग गरेको हो ।
गत मंसिर २० गते भुजेलको घरमा एक्कासी आगलागी हुँदा घर पुरै नष्ट भएको थियो । आगलागीबाट उनको करिब १० लाख रुपैयाँ बराबर क्षेति भएको थियो ।
पिडितलाई केही रहत पुगोस भनेर समाजको तर्फबाट २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको समाजका केन्द्रिय सचिव रामगोपाल भुजेलले जानकारी दिए । पिडितकै घरमा पुगेर समाजले आर्थिक सहयोग गरेको सचिव भुजेलले बताए ।
आर्थिक सयोग गर्न केन्द्रिय सचिव भुजेल, जिल्ला अध्यक्ष बृहत भुजेल, सचिब सुरेश भुजेल, कोषाध्यक्ष उतम भुजेल, सदस्य दिल बहादुर भुजेल (बिराट) पिडितको घरमा पुगेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















