२९ मंसिर २०७७
काभ्रे । आफ्नो पार्टीको केन्द्रिय सदस्य कमान सिं लामाको निधन भएको ५ दिन पछि नेपाल कम्युनिष्ट पार्टी, काभ्रेले शोक वक्तव्य जारी गरेको छ । पार्टी जिल्ला संयोजक रुकु चौंलागाईं र सचिव टोकबहादुर वाईबाले आज शोक वक्तव्य जारी गरेका हुन् ।
लामाको मंसिर २४ गते राती ११ बजे कोरोना संक्रमणका कारण निधन भएको थियो । तर आज मात्र जिल्ला संयोजक चौलागाईंले फेसबुक मार्फत वक्तव्य सार्वजनिक गरेकी हुन् ।
वक्तव्यमा दिवंगत पार्टीका केन्द्रिय सदस्य लामा प्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
शोक वक्तव्य जारी गर्न पाँचदिन लागेपछि काभ्रेका नेता कार्यकर्ताहरुले नै आलोचना गर्न थालेका छन् । ‘काभ्रेली कम्युनिष्ट आन्दोलनका अभिभावकको मृत्यु भएको ५ दिन पछि मात्र शोक वक्तव्य आउनु अत्यन्तै दुःखको कुरा हो ।’ एकजना जिल्ला स्तरीय नेताले भने, ‘संवदेनशील विषयमा पार्टी जिल्ला नेतृत्व किन यति धेरै तल गिरेका होलान अचम्म लग्छ ।’
जिल्लामा मात्र होइन, केन्द्रिय स्तरमा समेत स्थापित भइसकेका नेता लामा प्रति नै अपमान भएको कार्यकर्ताहरुको गुनासो रहेको छ ।
यस अघि निधन भएको जिल्ला सदस्य उज्ज्वल लामाको निधन हुँदा समेत अत्यन्तै औपचारीक रुपमा ढिलो गरि शोक वक्तव्य जारी गरेको थियो । त्यतिखेर पनि पार्टी जिल्ला नेतृत्वको आलोचना भएको थियो ।
यस्तो छ वक्तव्यः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















