१ पुष २०७७
धुलिखेल । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काभ्रे प्रतिनिध सभा क्षेत्र नं. १, यस अन्तर्गत प्रदेश सभा क्षेत्र नं. १ र २ को आ.व. २०७७,०७८ को बजेट विनियोजन गरिएको छ । आज बसेको परामर्श समितिको सहभागितामूलक बैठकले उक्त बजेट विनियोजन गरिएको हो ।
यस क्षेत्रमा संघ अन्तर्गत संघीय सांसद गंगाबहादुर तामाङको नेतृत्वमा रहेको ४ करोड, प्रदेस सभा क्षेत्र नं. १ अन्तर्तत प्रदेश सांसद रत्न ढकालको नेतृत्वमा रहेको ३ करोड र प्रदेश सभा क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा सदस्य सांसद चन्द्र लामाको नेतृत्वमा रहेको ३ करोड गरि जम्मा १० करोड बजेट रहेको छ ।
यस निर्वाचन क्षेत्रको सबै वडामा बजेट विनियोजन गर्ने योजना भएपनि केही वडाहरु छुटेको संघीय सांसद गंगाबहादुर तामाङ बमध्वजले जानकारी दिए । प्राथमिकता र बजेटको सिमामा रहेर बजेट तर्जुमा गरेकोले केही वडा छुटेको बताउँदै सांसद बमध्वजले आगामी आर्थिक वर्षमा समेट्ने बताए ।
यस्तो छ बजेटः
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ र प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ अन्तरगतका पुर्वाधार विकास साझेदारी कार्यक्रम/योजनाहरु
चौरीदेउराली गाँउपालिका
वुद्धस्तुपा वगैचा निर्माण चौरीदेउराली १० लाख
गम्वु खोला लिफ्टिङ खानेपानी २० लाख
होलगाङ–ढुकुरमाने खोला सडक १० लाख
वाजखेत पहिरो नियन्त्रण नाग्रे १० लाख ३० हजार
काफ्ले खेल मैदान माझिफेदा १० लाख
ढाँडखर्क– धुसेनि – माझिफेदा–पाङचेत सडक २५ लाख
पोखरी राम्चे चौरीखोला लिफ्ट सिचाँई १५ लाख
उत्तिसघारी–आँगेडाँडाचामटे–सुलिकोट कृषि सडक, पञ्चकन्या मन्दिर निर्माण १५ लाख
सामुदायिक भवन९पहरी० निर्माण ज्यामिरे ११ लाख
माँदनकुडारी चौरीखोला लिफ्ट सिँचाई २५ लाख
तेमाल गाँउपालिका
खानिखोला–खहरेखोला वृहत खानेपानी सस्युखर्क ११ लाख
त्रीरत्न मैत्री गुम्वा निर्माण ११ लाख
थलागाँउ–टोड्के सडक २५ लाख
श्री कुन्साङ्ग देक्षिणलिङ्ग गुम्वा निर्माण १७ लाख
चापाखोरि–तल्लोटोल–ठाटिमुनि सडक १० लाख
कोटतेमाल–मयलचौर–भोलुङ्ग–सौराडाँडा–चुखाबेशि सडक २५ लाख
प्लिन्दोङ्गडाँडा–धुनिखोला फेदिचे९मौरे ठाडोवाटो० सडक ११ लाख
मेटवाल – कोकम सडक १० लाख
गुरुपेमा स्यावजेलिङ गुम्वा निर्माण १० लाख
रोशी गाँउपालिका
कालिन्चोक चियानडाडाँ पाटि निर्माण १४ लाख
वतासे–पेप्ता–मानेडाँडा–सल्लेनि सडक १० लाख
वसेरि–शिखरपुर–घ्याङडाँडा सडक ११ लाख
महाँङकालफेदि–महाँङकालडाँडा हुँदै खार्ता गाँउ जोड्ने सडक १४ लाख
छाप–थाक्ले सडक १७ लाख
ह्याङला अमलवास पानी सप्लायर्स आयोजना १५ लाख
महाभारत गाँउपालिका
महादेवटार खानेपानी ११ लाख
शिरुटार–सोलेघोप्टे–आँकुरा सडक ११ लाख
मानेडाँडा खानेपानी आयोजना ११ लाख
जुरेभिर–विसाउने डाँडा वनखु सडक १२ लाख
स्कुलडाँडा–सल्लाघारी–सेपा–ठाकुरस्थान जाने सडक १० लाख
गुँरासे–मन्त्रीडाँडा–भोल्डाँडा सडक १० लाख
सोक्तेल–टोके सडक १२ लाख
नमोवुद्ध नगरपालिका
कालिकादेवी मन्दिर थुम्का भेडावारि १५ लाख
डाँडागाँउ स्तुपा निर्माण १० लाख
चिलाउनेथुम्का–छत्रेपाटि सडक ११ लाख
खर्दारपाटि–साहुटोल–पौवा–कमेरे–डाँडागाँउ सडक २५ लाख
काशिस्टारवेशी महांकाल थुम्का डिपवोरिङ्ग खानेपानी १५ लाख
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ र प्रदेश सभा निर्वाचन क्षेत्र नं.२ अन्तरगतका पुर्वाधार विकास साझेदारी कार्यक्रम/योजनाहरु
धुलिखेल नगरपालिका
तल्लो पकुचा सडक स्तरोन्नति धुलिखेल १५ लाख
छोइसालिङ गुम्वा वुद्धपार्क निमार्ण धुलिखेल १० लाख
काभ्रेभञ्ज्याङ–देविस्थान सडक धुलिखेल १३ लाख
काभ्रेभञ्ज्याङ्ग–दारिमवोट सडक स्तरोन्नती १५ लाख
पनौती नगरपालिका
देउरालि भञ्ज्याङ डिकाचौर मोटरवाटो पनौती २० लाख
ढलमले नाथेको धारा मोटरवाटो पनौती २० लाख
वडा नं। ४ कार्यालय चिल्ड्रेन होम नालि निर्माण पनौती १५ लाख
वस्नेत गाउ संसार देवि उकालो ढलान पनौती १० लाख
देउराली–चामखर्क सडक स्तरोन्नती १९ लाख
ओम शान्ती भवन–नरहरी सिंह मठ गुठि सम्म सडक निर्माण १० लाख
खानिखोला गाँउपालिका
वाहुन विर्ता सिचाई योजना खानिखोला १५ लाख
जुरे सालिम भिर धनमनवेशी सडक खानिखोला १५ लाख
महादेवटार सतभैय मोटरवाटो खानिखोला १५ लाख
तालढुङ्गा स्यार्ते जन्ते सडक निर्माण खानिखोला १७ लाख ३० हजार
पाकडोल देउपाल वोरण सडक खानिखोला १० लाख
सार्किडाँडा¬–खानिडाँडा–फलामेटार १७ लाख
च्याल्टी–फलामेटार–तालढुङ्गा (खटपाउ–दयागाँउ) सडक स्तरोन्नती १७ लाख ४० हजार
रोशी गाउपालिका
भुमिस्थान मा.वि. लुर्पुङ खानेपानी योजना रोशी १० लाख
ताङलिङ खेल मैदान निर्माण कार्य रोशी १५ लाख
भुमिस्थान मन्दिर निर्माण तथा तारवार कार्य रोशी १० लाख
पोटादोभान–लुर्पुङ–दोकर्पा–निगाले सडक स्तरोन्नती १० लाख
मजुवा–भण्डारे–निङ्गाले सडक निर्माण १५ लाख
नमोवुद्ध नगरपालिका
गहते वुद्ध मुर्ति निर्माण कार्य नमोवुद्ध २५ लाख
चापभञ्ज्याङ श्यामपाटि सडक नमोवुद्ध १२ लाख
सिस्नेखोला कल्र्भट निर्माण कार्य नमोवुद्ध १५ लाख
मानव अधिकारका लागि एकल महिला समुहको भवनमा ट्रस्ट थप्ने कार्य १५ लाख
वुद्ध स्तुपा निर्माण वरवोट नमोवुद्ध १५ लाख
पाटि निर्माण पान्ताङ्गखर्क साविक १ नमोवुद्ध १५ लाख
वासखर्क लकाइने खानेपानी योजना १५ लाख
सिमपानी छाप च्यानेपाटी आधारभुत संरचना निर्माण १० लाख
रजवम पोखरी भुपाले वन सिडि निर्माण १५ लाख
काँक्रे भिमसेन मन्दिर निर्माण १५ लाख
वेथानचोक गाँउपालिका
 भञ्ज्याङ्गखर्क–तावरी सडक निर्माण १० लाख
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।