२ पौष २७७
धुलिखेल । कोरोना संक्रमणबाट काभ्रेको धुलिखेल सामुदायिक अस्पतालमा २ जनाको मृत्यु भएको छ । त्यसैगरि काभ्रेमा आज ५ जना नयाँ संक्रमितहरु थपिएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्मुख नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा बनेपाका ७४ वर्षिय पुरुष र सिन्धुपाल्चोक जिल्लाका ९३ वर्षिय पुरुषको मृत्यु भएको छ । ७४ वर्षिय पुरुषको मृत्यु हिजो भएको थियो भने ९३ वर्षिय पुरुषको मृत्यु भने आज भएको झाले जानकारी दिए ।
थप नयाँ संक्रमितहरुमा बनेपा नगरपालिकाका १ जना महिला, २ जना पुरुष, धुलिखेल नगरपालिकाका १ महिलार र पाँचखाल नगरपालिकाका १ महिला रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमितको संख्या ३१ सय ५१ पुगेको छ । जसमा महिला १२ सय ६७ र पुरुष १८ सय ८४ रहेका छन् । त्यसैगरि निको भइसकेको संख्या ३ हजार १३ जना रहेका छन् । जसमा १२ सय १ जना महिला र १८ सय १२ पुरुष रहेका छन् ।
त्यसैगरि मृत्यु भएको संख्या ५७ जना पुगेको छ । जसमा महिला १६ जना र पुरुष ४१ जना रहेका छन् । जसमध्य १२ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् ।
जिल्लामा सक्रिय संक्रमित संख्या ९७ जना रहेका छन् जसमा महिला ३६ र पुरुष ६१ रहेका छन् । उनीहरु मध्य अस्पताल आइसोलेशनमा १३ जना र होम आइसोलेशनमा ८४ जना रहेका छन् ।
आज निको भई डिस्चार्ज भएको संख्या २२ जना रहेको प्रमुख डा. झाले जानकारी दिए ।

Comments

comments