२ पौष २०७७
बनेपा । काभ्रेको वरिष्ठ पत्रकार एवं मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदिप केसी सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २८ औं स्थापना दिवस तथा साधारणसभामा स्व. भरतराज पत्रकारीता पुरस्कारबाट पत्रकार केसी सम्मानित भएका हुन् ।
०४२ सालबाट निरन्तर रुपमा पत्रकारीता गर्दै आएका केसीलाई नगद ५ हजार रुपैयाँ सहित नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले सम्मान गरेका थिए ।
सम्मानको क्रममा केसीले पाउनु भएको पुरै रकम पत्रकार महसंघको कोषमा जम्मा हुने गरी कार्यसमितिका अध्यक्ष मोतिराम तिमल्सिना र कोषाध्यक्ष कपिल कोईरालालाई हस्तान्तरण गरेका छन् ।
Comments